विशालको ‘कहानी तिम्रो मेरो’ मा केकी

विशालको ‘कहानी तिम्रो मेरो’ मा केकी

  • मंसिर २७, २०७७ शनिवार
  • ०७:१७:०५ बजे
  • 5.7K
    SHARES
  • विशालको ‘कहानी तिम्रो मेरो’ मा केकी

    काठमाडौं : निर्देशक विशाल भण्डारीले नयाँ फिल्मको रुपमा ‘कहानी तिम्रो मेरो’ बनाउन लागेका छन् । यस अगाडी ‘कोहलपुर एक्सप्रेस’ बनाएका निर्देशक भण्डारीको यो दोस्रो फिल्म हो ।

    फिल्मको मुख्य भूमिकाको लागि अभिनेत्री केकी अधिकारी र मोडल निराजन प्रधानलाई अनुबन्ध भएका छन् । थ्री प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका लागि मुख्य भूमिकामा अन्य दुई कलाकारको पनि खोजी भइरहेको छ ।

    हाल फिल्मको लेखन र गीत संगीतमा काम भइरहेको छ । केही म्यूजिक भिडियोमा एकसाथ काम गरेका केकी र निराजनको फिल्ममा यो पहिलो सहकार्य हो ।

    निराजनले यस अगाडि फिल्म ‘लफडा र जालो’ मा अभिनय गरेका थिए । तर, यी फिल्मले उनको करिअरलाई उचाई दिलाउन भने सकेन ।

  • सम्बन्धित विषय:

  • # केकी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार