बागलुङ । नेपाली कांग्रेस निसीखोला गाउँपालिकाको सभापतिमा खिम बहादुर कार्की सर्वसम्मत चयन भएका छन् । कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत पालिका अधिवेशनबाट कार्की सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनबाट पालिका सभापतिमा कार्कीसहित सबै पदाधिकारी तथा सदस्य सर्वसम्मत भए छन् । उपसभापतिमा जीवन कुमार पाण्डे, नरमती पुन,सचिवमा तारा बहादुर विश्वकर्मा र सह–सचिवमा श्याम बहादुर शाही चयन भएका छन् ।
वडा अधिवेशनमा संस्थापन पक्ष र इतर पक्षकाे विवादका कारण केही ढिलाइ भए पनि पालिका अधिवेशन भने समयमै भएकाे हाे ।