लोकतान्त्रीक व्यवस्था जोगाउन कांग्रेसको नेतृत्व आवश्यक छ–घिमिरे

लोकतान्त्रीक व्यवस्था जोगाउन कांग्रेसको नेतृत्व आवश्यक छ–घिमिरे

  • पौष १०, २०७७ शुक्रवार
  • १८:३६:०५ बजे
  • 4.3K
    SHARES
  • लोकतान्त्रीक व्यवस्था जोगाउन कांग्रेसको नेतृत्व आवश्यक छ–घिमिरे

    बागलुङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले लोकतान्त्रीक व्यवस्था जोगाउन कांग्रेसको नेतृत्व आवश्यक रहेको बताउनु भएको छ । 

    नेपाली कांग्रेस प्रतिनिधि सभा बागलुङ क्षेत्र नम्बर १ ले ४५ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसमारमा आयोजना गरेको दुई दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई  सम्बोधन गर्दै घिमिरेले केपी शर्मा ओलीले चालेको कदम गैर सम्बैधानिक र अराजक भएको आरोप लगाउनुभयो ।

    No description available.

    उहाँले संसद पुनस्थापनको विकल्प नभएको भन्दै यदि सर्वोच्च अदालतले पनि न्यायीक निर्णय गर्न नसके कांग्रेसले त्यसको हिसाबकिताब गरेर छोड्ने बताउनुभयो ।

    No description available.

    कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य किरण पौडलले केपी ओलीले एकलौटी शासन गर्न थालेको भन्दै यसको नेपाली जनतालाई सैह्य नभएको बताउनुभयो । उहाँले पार्टी भित्रको आन्तरिक झगडा मिलाउन नसक्ने नेकपाले मुलुकलाई विकास र समृद्धि तिर लैजान नसक्ने बताउनुभयो ।

    No description available.

    कार्यक्रममा नेपाली कांग्रेस बागलुङका पार्टी सभापति दिपेन्द्रबहादु थापा, कांग्रेस काभ्रेका पार्टी सभापति मधु आचार्य, पूर्व पार्टी सभापति तथा प्रदेश सभा सदस्य मनिभद्र शर्मा, पूर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठ, सभापति प्रकाश शर्मा पौडले, पार्टी सचिव नवराज पौडेल,

    कोषाध्यक्ष उमेष गौतम, नगर प्रमुख इन्द्रराज पौडेल, महासमिति सदस्य जगधिषचन्द्र उपाध्यय, जिल्ला सदस्य बसन्तकुमार श्रेष्ठ, सदस्य हरि आर्चाय, सदस्य पदम पुन, नेपाल महिला संघको केन्द्रीय सदस्य पार्वती आचार्य,

    No description available.

    महाधिवेशन प्रतिनिधी जित शेरचन, डिल्लीराम सुवेदी, हरिहर शर्मा, वडा नम्बर २ का अध्यक्ष लक्ष्मीप्रसाद शर्मा, वडा नम्बर १ का पार्टी सभापति हरिप्रसाद शर्मा लगायतले बोलेका थिए ।

    No description available.

    कार्यक्रमको जानकारी प्रदेश १ ख का सभापति नारायणप्रसाद शर्मा पौडेलले कार्यक्रम बारे जानकारी गराएका थिए । कार्यक्रम क्षेत्रीय सभापति चिरञ्जीवी गौतमको अध्यक्षता, प्रदेश सभा १ का सभापति शिवप्रसाद कँडेलको स्वागत र क्षेत्रीय सचिव विष्णुप्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

    No description available.

    कार्यक्र शनिबार समापन हुने छ । पौष महिनाभर क्षेत्र नम्बर १ मा प्रशिक्षण चलाईन कांग्रेस प्रतिनिधि सभा बागलुङ क्षेत्र नम्बर १ जनाएको छ ।

    कार्यक्रममा नेकपा र राष्ट्रिय जनमाेर्चा तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरि ५० जनाभन्दा बढी कांग्रेसमा प्रवेश गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार