बुर्तिबाङमा काँग्रेसको विरोध सभा, विभिन्न दलबाट दर्जन बढी कांग्रेसमा प्रवेश   

बुर्तिबाङमा काँग्रेसको विरोध सभा, विभिन्न दलबाट दर्जन बढी कांग्रेसमा प्रवेश   

  • पौष १३, २०७७ सोमवार
  • १९:३०:४७ बजे
  • 9.2K
    SHARES
  • बुर्तिबाङमा काँग्रेसको विरोध सभा, विभिन्न दलबाट दर्जन बढी कांग्रेसमा प्रवेश   

    छबिलाल पाण्डे, बुर्तिबाङ : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असम्बैधानिक र अलोतान्त्रिक भएको भन्दै नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ को आयोजनामा बुर्तिबाङ बृहत विरोध सभा गरेको छ । 

    विरोध सभालाई सम्बोधनद गर्दै नेपाली काँग्रेसका पूर्व पूर्वमहा समिति सदस्य एंव वरिस्ठ अधिवक्ता रामप्रसाद आर्चायले ओली नेतृत्वको सरकारले देशलाई कंगाल बनाउँदै गएको आरोप लगाए । 

    Image may contain: 3 people, people standing, people walking, crowd and outdoor

    नेपाली जनताले मुलुकको स्थायीत्वका निम्ति पाँच वर्ष नेकपालाई निर्वाचनमा जिताए पनि जनताको मर्म र भावना विपरित ओली सरकारले कदम अगाडी बढाएको बताए ।

    Image may contain: 4 people, people on stage

    ‘जनताले नेकपालाई पाँच वर्ष सत्ता चलाउन जनादेश दिए, तर यो सरकारले सकेन, आफ्नै पार्टीको आन्तरिक झगडाको कारण अलिहे संसद नै विघटन ग¥यो’ उन भने ‘आन्तरि पार्टीको झगडा मिलाउन नसक्ने नेकपाले कसरी राज्य संचालन गर्छ ?’  

    Image may contain: 5 people, people dancing, people standing, people walking, people on stage and outdoor

    ओली र राष्टपती विद्यादेवि भण्डारीको असंवैधानिक, अलोकतान्त्रिक एवं सर्वसत्तावाद उन्मुख प्रतिनिधि सभा विघटनले देशलाई थप दुर्घटनामा पारेको बताउँदै २०७४ सालमा गरेका कुनै पनि वाचा ओली सरकारले पुरा गर्न नसकेको नेता आर्चायले बताए । 

    Image may contain: one or more people, people standing and outdoor

    निर्मला हत्या काण्डदेखि सुरु भएको नेकपाको काण्ड ३३ किलो सुन काण्ड, वाईवडी काण्ड, भ्रस्टाचार र बालुवार जस्ता दर्जनौँ काण्डमा रोमलीएको सरकारले पद र प्रतिस्ठाको लोभमा जनताको विश्वासलाई घात गरेको उनको भनाई छ ।

    ओली नेतृत्व प्रतिनिधी सभा भंग गरेर जनतालाई निरासा बनाउने प्रपञ्चका साथ अगाडी बढिरहेका कारण नेपाली काँग्रेस सडक आन्दोलमा आउन बाध्य भएको वक्ताहरुले बताएका छन । 

    लोकन्त्रवादी नेपाली काँग्रेसले जनताको मतलाई पर्ख र हेरको अवस्थामा सरकारका सकारात्मक कामको पूर्ण सहयोग गर्दै प्रतिपक्षमा रहे पनि सहयोग गर्दै आइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले जनताका निम्ति दिएका सपना कुनै पनि पुरा गर्न नसकेको बताए ।

    पूर्व पश्चिम रेल, ग्यास पाइपलाईन, समृद नेपाल सुखी नेपालीका सपना केवल जनताको बिचमा चुनावी नारामात्र भएका गराएको भन्दै नेपालमा कम्युनिष्ट पार्टीले कु्नै पनि विकास गर्न नसकेको उनीहरुको भनाई छ ।

    नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापती दोर्णकुमार कुवँरको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टी जिल्ला सचिव उमेश गौतम, महाधिवेशन प्रतिनिधि जित शेरचन, सागर छन्त्याल, रेनुका काउचा, मञ्जु चालिसे, 

    याम श्रीस, सोम पौवी, जिल्ला सल्लाहकार तथा गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरे, जिल्ला सदस्य एवं निसीखोला गाउँपालिका प्रमुख तारानाथ पौडेल, जिल्ला सदस्य फम खत्री, प्रकाश कुवँर, गण्डकी थापा अधिकारी, 

    Image may contain: 3 people, people standing, people walking, crowd and outdoor

    रामप्रसाद विक, मन्जेश वम मल्ल, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, निसीखोला गाउँपालिका पार्टी सभापती इन्द्रमल्ल, नेपाल दलित महिला सँघ केन्द्रीय सदस्य दिलमाया पौवी लगाएतको मन्तव्य रहेको थियो । 

    Image may contain: 1 person, standing, crowd and outdoor

    कार्यक्रमका अवसरमा नेकपाका लोकबहादुर वि.क, निसीभुजी जनता क्याम्पसका सह प्रध्यापक भुमिराज महत लगाएत विभिन्न पार्टी परित्याग गर्दै एक दर्जन नेपाली काँग्रेसमा प्रवेश गरेका छन । 

    Image may contain: 2 people, mountain and outdoor

    क्षेत्र नम्बर २ अन्र्तगत निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाबाट नेपाली काँग्रेसमा आवद्ध नेता 

    Image may contain: 3 people, including Dilmaya Ramdham Paubi, people standing

    कार्यक्रताको व्यापक उपस्थितीमा आयोजित कार्यक्रम प्रदेश सभापति रामबहादुर खत्रीको स्वागत क्षेत्रीय सचिव तिलक घर्ती र प्रदेश सचिव दिपेन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

      Image may contain: 5 people, including Dilmaya Ramdham Paubi, outdoor

     

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # विरोधमा प्रदर्शन

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार