बागलुङमा कांग्रेसको विरोध सभा

बागलुङमा कांग्रेसको विरोध सभा

  • पौष १३, २०७७ सोमवार
  • १६:३०:३२ बजे
  • 4.4K
    SHARES
  • बागलुङमा कांग्रेसको विरोध सभा

    बागलुङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य रत्ना शेरचनले प्रधानमन्त्रीको व्यक्तिगत स्वार्थका कारण संसद विघटन गरेको आरोप लगाएकी छिन् ।

    नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले बागलुङ बजारमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीको कार्य शैली प्रति आफ्नै पार्टीका नेताहरु असन्तुष्टि भएर अविस्वासको प्रस्ताव पेस गर्न थालेपछि

    त्यसको प्रतिकार गर्न नसेर संसद नै विघटन गरेको बताउनुभयो । उनले नेकपाको सरकारले जनत भवना विपरित काम गरेको भन्दै अब जनताले कांग्रेसको नेतृत्व खोजि रहेको बताउनुभयो ।

    ‘ओली सरकारको कार्यशैली देखेर जनता वाक्क दिक्क भइसके, अब मुलुकमा कांग्रेसको नेतृत्व चाहेका छन्,’ शेरचनले भनिन् ‘यो सरकार भ्रष्टचारी र अपराधीलाई संरक्षण गर्ने र आफ्ना नातागोताको समृद्धि बाहेक जनताको समस्यालाई केही गर्न सकेको छैन ।’ 

    नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडलले प्रधानमन्त्रीले चालेको कदम असम्बैधानिक र जनभावना विपरित रहेको बताउनुभयो । उहाँले संसद पुनस्थापन हुनेमा विस्वास व्यक्त गरे ।

    विरोध सभामा बागलुङका जिल्ला पार्टी सभापति दिपेन्द्र थापा, गण्डकी प्रदेश सभा सदस्य तथा प्रमुख सचेतक मनिभद्र शर्मा कँडेल, पूर्व पार्टी सभापति प्रकाश शर्मा पौडेल,

    जिल्ला सदस्य बसन्त कुमार श्रेष्ठ, नेपाल महिला संघ बागलुङकी अध्यक्ष कुन्तला शर्मा लगायतले मनतव्य राखेका थिए । क्षेत्री सभापति चिरञ्जिवी गौतमको अध्यक्षता र सचिव विकास पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार