बागलुङ : चर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री र गायिका मिना लामाको ‘अँधेरीमा उज्यालो टुकी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहिबार मात्रै उक्त गीत बजारमा आएको हो ।
गीतमा गायक खत्रीको शब्द र संगीत रहेको छ । गीतको एरेञ्जर कृष्ण भान्जाले गरेका छन् । गीतको भिडियोमा मोडल रुबिना अधिकारी र लोमश शर्माको अभिनय रहेको छ । भिडियोको निर्देशन होम गुरुङले गरेका छन् ।
दुर्गा पौडेलको छायाँकन रहेको भिडिओको नबिन घर्ति मगरको सम्पादन रहेको छ । रिलिज भएको केही छण्टामै गीतले हजारौँ भ्यूज बटुल्न सफल भएको छ । गीतको भिडियो गायक खत्रीले आफ्नै युट्युव च्यानल विष्णु खत्रीबाटै सार्वजनिक गरेका छन् । गीत बिहिबार साँझ रिलिज भएको हो ।