फिफा बेष्ट खेलाडी अवार्डका लागि रोनाल्डो, मेस्सी र रोवर्टको प्रतिस्पर्धा

फिफा बेष्ट खेलाडी अवार्डका लागि रोनाल्डो, मेस्सी र रोवर्टको प्रतिस्पर्धा

  • मंसिर २७, २०७७ शनिवार
  • ०९:२२:०० बजे
  • 3.7K
    SHARES
  • फिफा बेष्ट खेलाडी अवार्डका लागि रोनाल्डो, मेस्सी र रोवर्टको प्रतिस्पर्धा

    काठमाडौं : विश्व फुटबलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष

    प्रदान गर्दै आएको दी बेस्ट फिफा अवार्डको विभिन्न विधामा अन्तिम ३ मा पर्न सफल खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ ।

    डिसेम्बर १७ तारिखमा आयोजना हुने अवार्ड

    प्रतियोगिताका लागि उत्कृष्ट पुरुष र महिला उत्कृष्ट खेलाडीसहित विभिन्न ७ विधाको लागि अन्तिम ३ मा पर्नेहरुको मनोनयन सार्वजनिक भएको हो ।

    फिफाले शुक्रबार सार्वजनिक गरेको अन्तिम ३ को सूचीमा पुरुष उत्कृष्ट खेलाडीतर्फ क्रिस्टियानो रोनाल्डो, लिओनल मेसी र रोवर्टो लेवान्डोस्की परेका छन् ।

    यसअघि फिफाले ११ खेलाडीको मनोनयन सार्वजनिक गरेकोमा त्यसबाट अन्तिम ३ खेलाडी छनोट गरेको हो ।

    बेस्ट अवार्ड अन्तर्गत महिला र पुरुष उत्कृष्ट खेलाडीसहित महिला र पुरुष उत्कृष्ट प्रशिक्षक, महिला र पुरुष

    उत्कृष्ट गोलकिपर र उत्कृष्ट गोलकर्ताले पाउने पुरस्कार अवार्डको लागि अन्तिम ३ मा पर्नेहरुको मनोनयन सार्वजनिक भएको हो ।

    अन्तिम ३ मनोनयनमा पर्नेहरुको सूची यस्तो छ ः

    दी बेस्ट फिफा मेन्स प्लेअर ः लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो, रोवर्ट लेवान्डोस्की ।

    दी बेस्ट फिफा वुमन्स प्लेअर ः लुसी ब्रोन्ज, पर्निल हार्डनर, वेन्डी रेनार्ड ।

    दी बेस्ट फिफा वुमन्स गोलकिपर ः साराह बउहाडी, क्रिस्टियन एनडलर, एलिसा नाएहर ।

    दी बेस्ट फिफा मेन्स गोलकिपर ः एलिसन बेकर, मानुएल नोए, जान ओब्लाक ।

    दी बेस्ट फिफा वुमन्स कोच ः एम्मा हायस, जिएन लुसी भासेर, सारिना विगमन ।

    दी बेस्ट फिफा मेन्स कोच ः मार्सेलो बिएस्ला, हान्स डिएटर फ्लिक, योर्गन क्लोप ।

    फिफा पुस्कास अवार्ड ः जिओर्जिएन्ड अरास्काएटे, हेउन मिन सन, लुइस सुआरेज ।

  • सम्बन्धित विषय:

  • # फिफा
  • # नाल्डो, मेस्सी र रोवर्ट

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार