बागलुङ : गीतकार बीबी थापा क्षीतिजको गीत ‘जिन्दगीको बाटो’ सार्वजनिक भएको छ । शिक्षण पेसामा आवद्ध रहेर साहित्य क्षेत्रमा कलम चलाउँदै आएका बागलुङका थापाको रचनामा आधुनिक गित सार्वजनिक भएको हो ।
उक्त गितमा राजकुमार बगरको संगीत र स्वरुपराज आचार्यको स्वर रहेको छ । म्युजिकल फिल्म नाम दिएर सार्वजनिक उक्त गितको म्युजिक भिडियोमा प्रेम कथालाई मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ । भिडियोमा माझीको हृदयविदारक कथालाई जीवन्त रुपमा देखाईएको छ ।
भिडियोमा सनम कठायत र रोस्नी कार्कीलाई फिचरिङ गरिएको छ । एभरेष्ट ग्यालरी नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा मोडल सनमले कथावस्तु तयार गरेका छन् । भिडियोको निर्देशन अन्जन शर्मा, छायाङ्कन रविन्द्र बराल र सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।
गीत बी बी थापा क्षितिज बागलुङको काठेखोला गाउँपालिका—४ तंग्राम स्थीत नारायणी माध्यमिक विद्यालयको प्रध्यानाध्यापकको रुपमा कार्यरत छन् ।