गलकोटको पर्यटन प्रवर्दनका लागि टेउवामा अन्तरक्रिया

गलकोटको पर्यटन प्रवर्दनका लागि टेउवामा अन्तरक्रिया

  • फाल्गुण १३, २०७७ बिहिवार
  • १९:३४:५३ बजे
  • 7.7K
    SHARES
  • गलकोटको पर्यटन प्रवर्दनका लागि टेउवामा अन्तरक्रिया

    गलकोट : गलकोट नगरपालिका वडा नम्वर ५ को टेउवामा बिहिबार अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । मुर्तिकला संग्राहलय निर्माण तथा घुम्टेसम्मको मोटरबाटो निर्माणको लागि संघीय सरकार तथा गलकोट नगरपालिकाको साझेदारीमा विनियोजित बजेट कार्यान्वयनको लागि बृहत अन्तरक्रिया गरिएको हो । 

    अन्तरक्रियाको अवसरमा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले घुम्टे र मुर्तिकला संग्रालयले गलकोटसंगैं गण्डकी प्रदेशकै पर्यटन प्रर्वधन हुने बताए । उनले मुर्तिकला, संग्राहलय र घुम्टेलाई जोडेर विकास गर्नाले  गलकोटका जनताको आर्थिक अबस्था समृद्धि हुने बताए । संघीय सरकार तथा प्रदेश सरकारसंग गलकोट नगरपालिकाले साझेदारीमा गलकोटको विकास गर्न निरन्तर लागि परेको उनको भनाई छ ।

    ‘संग्राहलय र घुम्टेको पूर्वाधार निर्माणको लागि निर्माण गरिएको डीपीआर अनुसार कार्ययोजना नगरपालिका मार्फत  अगाडि बढायौं’ नगरप्रमुख गैरेले भने ‘संघीय सरकार तथा स्थानीय सरकारको साझेदारीमा बिनियोजित ७ करोड बजेटलाई अब प्रभावकारी र पारदर्शी रुपमा कार्यान्वयन गर्नु पर्छ ।’

    नगरप्रमुख गैरेले केन्द्रीय तहमा रहेका राजनैतिक नेतृत्वले गलकोटको विकासको लागि समानरुपमा भुमिका खेल्नुपर्ने बताए । संविधान सभा सदस्य तथा गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर रानाले सरकार तथा आम नागरिकको साझा लगानीमा निर्माण गरिएकोले संग्राहलयको संरक्षण गर्ने जिम्मेबारी सबैको रहेको बताए । 

    उनले मुर्तिकला संग्राहलय आफैमा खुल्ला मुर्तिकला संग्राहलय रहेकोले सम्पदा संरक्षण तथा विकास गर्नु सबै क्षेत्रको दायित्व रहेको बताए । गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचाले गलकोटका समामाजिक संघ सस्थाले सुरुवात गरेको पर्यटन प्रर्वद्धनको काम स्थानी सरकार दखी संघिय सरकारको चासोमा बिषय बनेकोले बजेट बिनियोजना भएको बताइन् । 

    मुतिृकला संग्राहलय तथा गलकोटको शिर घुम्टेमा सडकको सहज पहुचँले गलकोटमा पर्यटन प्रवर्धन हुने उनको भनाई छ । उनले अन्तराष्ट्रिय मुर्तिकला संग्राहलय र घुम्टेलाई विकास गर्न सकेमा गलकोट नगरपालिका, गण्डकी प्रदेश तथा नेपालकै पर्यटकीय गन्तव्य बन्ने बताइन् ।

    कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष राम प्रसाद कडेंल, जिल्ला पर्यटन विकास समितिका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापा, गलकोट माद्ययमिक बिद्यालयका प्रधानाध्यापक देबेन्द्र बहादुर खत्री, नेपाल कम्युनिष्ट पार्टि नेकपा गलकोट नगर अध्यक्ष ललित श्रीस,

    नेपाली कांग्रेस गलकोट नगर उपसभापति यज्ञ प्रसाद सापकोटा, राष्ट्रिय जनमोर्चा अमर खत्री, गलकोट घुम्टे पर्यटन बिकास केन्द्रका अध्यक्ष झंक बहादु्र बस्नेत, स्थानिय पर्यटन बिकास समिति सदस्य मन्जु शर्मा चालिसे लगाएतले शु्झाव सहितको मन्तब्य राखेका थिए । 

    कार्यक्रममा स्थानीय गजेन्द्र बहादुर बस्नेत, गणेश बहादुर खत्री, लाल बहादुर श्रीस, सुर्य बहादुर थापा, प्रेम विक, सन्त बहादुर खत्री लगाएतले टेउवामा पुग्ने मोटरबाटो तथा पदमार्गको स्तरिकरण गर्नुपर्ने, खर्च विवरण पारदर्शी बनाउनुपर्ने, मुर्तिहरुको व्यवस्थापन तथा संरक्षण गर्नुपर्ने सूझाब दिएका थिए ।

    साे अवसरमा साहसिक साईकल यात्री सुमन तामाङ र निशान शाहलाई सम्मान गरिएको थियो ।  कार्यक्रम वडा नम्वर ५ का अध्यक्ष नारायणध्वज मल्लको अध्यक्षता, कार्यपालिका सदस्य कमला ढकालको स्वागत तथा गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर विकको संचालनमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # टेउवा

  • ईश्वर सुवेदी

    उहाँ बागलुङ पाेस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार