अब बरेङ सबै माध्यमिक तहमा वेवसाइट संचालन

अब बरेङ सबै माध्यमिक तहमा वेवसाइट संचालन

  • फाल्गुण १६, २०७७ आइतवार
  • ०८:३१:३४ बजे
  • 3.7K
    SHARES
  • अब बरेङ सबै माध्यमिक तहमा वेवसाइट संचालन

    बरेङ : बागलुङको बरेङ गाउँपालिकाले शिक्षकहरुलाई वेवसाइट प्रयोग सम्बन्धी प्रशिक्षण दिएको छ । गाउँपालिकाले माध्यमिक तहका शिक्षकहरुलाई तालिम दिएको हो ।

    सात माध्यमिक र दुई आधारभूत विद्यालयमा वेवसाइटको संचालन गर्ने र यसको प्रयोगलाई प्रभावकारी बनाउन तालिम दिइएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।

    तालिममा माध्यमिक तहका एक÷एक जना कम्प्युटर शिक्षकहरुलाई वेवसाइट हस्तान्तरण तथा सञ्चालन सम्बन्धी तालिम दिइएको थियो ।

    गाउँपालिकाका सबै माध्यमिक तहमा इन्टरनेटको पँहुच पुगेकापछि प्रविधिको प्रयोग गरि विद्यालयको गतिविधिलाई एकरुपताका साथ सम्प्रेषण तथा प्रविष्ट गर्नका लागि वेवसाइट निर्माण गरेर हस्तान्तरण गरिएको थापाको भनाई छ ।

    वेवसाइटमा विद्यालयका गतिविधि, सूचना तथा समाचार, विद्यार्थीहरुको लागि पाठ्यक्रम लगाएतका जानकारी, ब्याकइन्ड ड्यासबोर्डमा अपडेट गर्ने विषयमा सूचना प्रविधि अधिकृत राजन कार्कीले प्रशिक्षण गरेका थिए ।

    तालिमको सञ्चालन शिक्षा प्राविधिक सहायक विष्णुप्रसाद न्यौपानेले गरेका थिए । अब बरेङका सबै माध्यमिक तहमा वेवसाइ संचालन हुने थापाले बताए ।

  • सम्बन्धित विषय:

  • # वेवसाइट संचालन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार