ला लिगा : अलाभेजसँग बराबरीमा रोकियो सोसिडाड

ला लिगा : अलाभेजसँग बराबरीमा रोकियो सोसिडाड

  • मंसिर २२, २०७७ सोमवार
  • ०९:१६:४५ बजे
  • 3.8K
    SHARES
  • ला लिगा : अलाभेजसँग बराबरीमा रोकियो सोसिडाड

    काठमाडौं : स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल सोसिडाड अलाभेजसँग बराबरीमा रोकिएको छ । अलाभेजसँग गोलरहित बराबरी खेलेपछि सोसिडाडले शीर्ष स्थानमा उक्लेको मौका गुमायो ।

    अघिल्लो दिन रियल भाल्लोडोलिडलाई पराजित गर्दै एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लेको थियो ।

    बराबरीपछि १२ खेलबाट २५ अंकसहित सोसिडाड दोस्रो स्थानमै यथावत छ । दुई खेल कम खेलेको एट्लेटिकोको २६ अंक छ । अलाभेज १२ खेलबाट १४ अंकसहित ११औं स्थानमा छ ।

    यस्तै अर्को खेलमा भियारियालले घरेलु मैदानमै एल्चेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । बराबरीपछि १२ खेलबाट २१ अंक जोडेको भियारियला रियल मड्रिडलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ । ११ खेल खेलेको रियल २० अंकसहित चौथो स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # ला लिगा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार