‘मिस नेवाः नेपाल’को उपाधि कृषालाई 

‘मिस नेवाः नेपाल’को उपाधि कृषालाई 

  • फाल्गुण १८, २०७७ मंगलवार
  • १४:३९:२४ बजे
  • 3.0K
    SHARES
  • ‘मिस नेवाः नेपाल’को उपाधि कृषालाई 

    नेप्लिज फेसन होमले आयोजना गरेको ‘मिस नेवाः नेपाल ११४१’को ताज काठमाण्डौको डल्लुकी कृषा महर्जनले पहिरिएकी छिन् । काठमाण्डौको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको नेवार यूवतीहरुविचको एकमात्र राष्ट्रिय सौन्दर्य प्रतियोगीतामा कृषाले १४ प्रतिस्पर्धीलाई पछि पारिन् ।

    उनले नगद १ लाख र विभिन्न उपहार समेत पाइन् । यस्तै, यो प्रतियोगीताको फस्ट रननरअप प्रियंका तण्डुकार र सेकेन्ड रनरअपको उपाधि कृष्टिना महर्जनले जितेका छन् । उनीहरुले क्रमशः २५ र १५ हजार नगद पुरस्कार प्राप्त गरे । प्रियाले मिस पब्लिक च्वाइस र कृष्टिनाले मिस चार्मिङ नामको टाइटल पनि जित्न सफल भए ।

    नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, धर्म, संकृती, भाषा र भेषलाई जीवन्त राख्न १७ बर्षदेखि ‘मिस नेवाः’को आयोजना गर्दै आएको बताइन् ।

  • सम्बन्धित विषय:

  • # मिस नेवाः
  • # कृषा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार