जनता बोर्डिङ बुर्तिबाङले गर्यो पूर्व खेलाडीलाई सम्मान 

जनता बोर्डिङ बुर्तिबाङले गर्यो पूर्व खेलाडीलाई सम्मान 

  • फाल्गुण २२, २०७७ शनिवार
  • ०७:४१:१६ बजे
  • 5.2K
    SHARES
  • जनता बोर्डिङ बुर्तिबाङले गर्यो पूर्व खेलाडीलाई सम्मान 

    विनोद विश्वकर्मा, बुर्तिबाङ : नेपाल सितरियो कराँते संघ जेविएस डोजो बुर्तिबाङले पूर्व खेलाडिलाई सम्मान गरेको छ । पूर्व खेलाडी पवन पुन सिङ्गापुर पुलिस भएपछि शुक्रबार गरी सम्मान गरेको हो ।

    सम्मान कार्यक्रममा जनता सेकेन्डरी ईङ्लीस बोर्डिङ स्कूल व्यावस्थापन समिति अध्यक्ष टंक प्रसाद पौडेलले खेल स्वास्थ्यको लागि मात्रै नभई राष्ट्रलाई नै चिनाउने माध्यम भएको भन्दै खेलाडी राष्ट्रको गहना भएको बताए ।

    उनले खेल क्षेत्रलाई परिस्कृत गर्दै लैजानु पर्ने भन्दै सरकारले खेलाडीलाई सम्मान गर्नु पर्ने बताए ।  माघ २९ गते भएको बेल्ट टेस्टबाट माथिल्लो चरणमा प्रवेश गरेका खेलाडीलाई प्रमाण प्रत्र वितरण गरिएको थियो ।  

    सम्मानित खेलाडी पुनले डोजोलाई कराँते खेलका सामग्री गोल्लोबस्, सिमप्याड लगायतका सामग्री हस्तान्तरण गरेका छन् । जेविएस भलिबल प्रशिक्षक बिरेन्द्र थापा प्रदेश स्तरीय रेफ्री भएकोमा सम्मान गरिएको थियो । 

    जेविएसका शिक्षक पुरन पाण्डे, एसके शर्मा, खेलाडी प्रतिनिधि गोकुल खत्री, जेविएस भलिबल प्रशिक्षक बिरेन्द्र थापा लगाएतले आफ्नो बोलेका थिए । 

    कार्यक्रम विद्यालयका डोजोका प्रशिक्षक चित्र बहादुुर पुनको अध्यक्षता र कराँते राष्ट्रिय रेफ्री मिनु बि.सीको सञ्चालनमा सम्पन्न भएको थियो । 

  • सम्बन्धित विषय:

  • # खेलाडी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार