बागलुङ : गत भदौ १७ गते राति अभूजीखोलामा आएको बाढीमा अभिभावक गुमाएका बालबालिकाहरुको सहयोगका लागि बुर्तिबामा च्यारिटी सो गरिने भएको छ ।
ढोरपाटन नगरपालिका वडा नम्बर ५ मा रहेको ग्रामीण विकास मञ्च क्लवको नेतृत्वमा गुरुङ चलचित्र ङ्हेल्स्यो (सैना) प्रदर्शन हुने भएको हो । चलचित्र यही फागुन २९ गते बुर्तिबाङमा प्रदर्शन हुने छ ।
चलचित्र प्रद्धर्शनका बारेमा क्लवले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । चलचित्र संकलन भएको रकमको ३० प्रतिशत बाढी पीडित बालबालिकाको पढाईमा खर्चिने क्लव अध्यक्ष उमेश बुढा मगरले बताए ।
पाईला फिल्मिस् प्रालिले उत्पादन गरेको चलचित्रमा मगर र गुरुङ समुदायको चित्रण गर्न खोजेको बताइएको छ । चलचित्रमा वडा नम्बर ५ सहिखोलाकी बन्दना घर्ती मगरको अभिनय रहेको छ ।
माओत्सेतुङ गुरुङको निर्देशनमा निर्माण भएको भएको चलचित्रमा विश्वत्तमा गुरुङ, स्नेहा गुरुङ लगायत कलाकारहरुले अभिनय गरेका छन् । गुरुङ चलचित्र भए पनि नेपाली भाषामा निर्माण भएको छ ।
गत भदौ १७ गते आएको बाढीले बगाएर मृत्यु भएका २२ जनाको मृत्यु भएको छ भने १५ जना अझै वेपत्ता छन् ।
बाढीमा ३८ जनाको वेपत्ता भएको भनिए पनि एक जना बालिका ढोरपाटनमा सकुशल फेला परेकी थिइन् ।
बाढीले १ सय ३१ घरमा क्षति पु¥याएको ढोरपाटन नगरपालिकाले जनाएको छ । जसका ८० घर पूर्ण रुपमा ध्वँस्त भएका छन् भने ५१ घर आंशिक क्षति भएको थियो । बाढीले एक स्वास्थ्य ईकाई, ११ झोलुङ्गे पुल, ढलान पुल ५ वटा काठेपुल १० र दुई विद्यालय समेत बगाएको थियो ।