बच्चालाई आमाबाबुसँगै सुताउने कि छुट्टै ?

बच्चालाई आमाबाबुसँगै सुताउने कि छुट्टै ?

  • फाल्गुण २३, २०७७ आइतवार
  • ०७:२३:१६ बजे
  • 5.8K
    SHARES
  • बच्चालाई आमाबाबुसँगै सुताउने कि छुट्टै ?

    सुन्दा सामान्य लाग्न सक्छ, बच्चालाई राति सुत्ने समयमा आमा बाबुसँगै सुताउने कि छुट्टै सुताउने रु गाउँघरमा बच्चालाई सँगै सुताउनुहुन्न भन्नेमा एउटा चर्चित उक्ति नै छ । विशेषगरी गाउँघरमा आमाबाबुको बीचमा बच्चालाई कहिलै पनि सुताउनुहुन्न भन्ने मान्यता राखिन्छ । 

    तर सहरी भेगमा यसबारेमा खासै चासो दिएको पाइँदैन । बच्चालाई आफूसँगै सुताउने कि नजिकै छुट्टै सुताउने भन्ने कुरा सामान्य सुने पनि जटिल समस्या हो । अझ काठमाडौं जस्ता सहरी भेगमा एउटा कोठामा गुजारा चलाउने परिवारको लागि यो निर्विवादित विषय हो कि एउटै खाटमा आमाबाबु र बच्चा सुत्ने गर्छन् ।

    आमा वा बच्चाको लागि स्वास्थ्यवर्द्धक
    बच्चालाई सुरूदेखि नै छुट्टै सुत्ने बानी बसाउनु आमा वा बच्चाको लागि स्वास्थ्यवर्द्धक कुरा हो । यसको कैयौं लाभहरू हुन्छन् । बच्चालाई अलगै सुताउँदा आमाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पार्ने गर्छ । छुट्टै सुताउँदा आमाको पनि निद्रा पूरा हुन्छ भने बच्चा पनि एउटा सिङ्गै खाटमा आरामसँग सुत्न सक्छ । 

    यसले आमा र बच्चाको लागि समेत स्वास्थ्य सन्तुलनमा राख्न सकिन्छ । यसका विपरीत छुट्टै सुत्ने क्रममा आमालाई भने बच्चाको हात खुट्टा शरीरले च्यापियो कि रु भन्ने समस्याले सताउने गर्छ । तर बच्चासँग छुट्टै सुत्दा हुने बेफाइदाहरूभन्दा फाइदा धेरै छन् ।

    आमाको लागि हुन्छ भरपुर निद्रा 
    कहिलेकाहीँ यस्तो पनि सुन्नमा आउन सक्छ कि गहिरो निद्रामा हुँदा आमाको हात बच्चाको मुखमा या अन्य शरीरमा नै गएर पनि बच्चालाई समस्या भएका समाचारहरू आउने गर्छ ।

    त्यो समस्याको चिन्ताबाट मुक्ति पाउन एवं आमाको पूरा निद्राको लागि बच्चालाई नजिकै राखे पनि एउटै खाटमा नसुतेकै राम्रो हुन्छ । दिनभर काम गरेर आएकी आमाको लागि निश्चिन्त भएर सुत्नु आवश्यक हुन्छ ।

    त्यसको लागि बच्चालाई आफू सुत्ने खाटभन्दा अलगै राख्नु राम्रो हुन्छ । फेरि बच्चालाई अलगै सुताउने भन्नुको अर्थ नवजात शिशुलाई पनि अलगै सुताउनु भन्ने चाहिँ होइन। नवजात शिशुलाई भने आमाको काख या आमाको साथमा नै सुताउनुपर्छ ।

    प्रायः बच्चाहरु रातमा यताउता पुग्ने गर्छन् । एउटा कुनामा सुताएको बच्चा भोलिपल्ट अर्को कुनामा पुग्ने गर्छ । त्यसैले बच्चाको लागि तयार पारेको ओछ्यान चारैतिर बारिएको खालको हुनुपर्छ । यद्यपि नवजात शिशुलाई भने एकातिर आमाले ढाकेर सुत्ने भएकोले त्यस्तो आवश्यक नपर्न सक्छ ।

    किशोरावस्थासम्म सँगै सुताउनु गलत 
    एक वर्ष नपुग्दासम्म बच्चालाई आफ्नो साथमा सुताउनुपर्छ । त्यसपछि बच्चालाई आफ्‍नो जस्तै सामान्य ओछ्यानमा तल अर्को डसना राखेर सुताउन सकिन्छ । कतिपय महिला ७/८ वर्षसम्मको बच्चालाई समेत आफ्नो साथमा सुताउने गर्छन् । यदि सबैभन्दा कान्छो बच्चा होस् या त एक्लो छोरा होस् ।

    १२र१३ वर्षसम्म पनि आफूसँगै सुताउने गर्छिन् । तर यति ठूलो बच्चालाई आफ्नो साथमा सुताउनु आमा र बच्चाको लागि समेत अहितकर हुने गर्छ । ७र८ महिनापछि बच्चालाई आफूभन्दा भिन्दै सुताउनु राम्रो हुन्छ । यस्तो गर्दा सुरुदेखि नै अलग सुताउने बानीको विकास गराउनु पर्छ ।

    एक्लै सुत्नु बच्चाको लागि समेत फाइदा 
    बच्चालाई एक्लै सुताउने बानी बच्चैदेखि बनाउँदै लैजानु आमाको लागि मात्रै नभएर बच्चाको लागि समेत फाइदाजनक मानिन्छ । बच्चालाई सानैदेखि अलगै

    बनाउँदा उसले आफ्नो कोठालाई सुन्दर बनाउन आफ्नै किसिमले सोच्ने गर्छ । जस्तो, कुन ठाउँमा पढाइको टेबुल राख्ने कहाँ सुत्ने भन्ने व्यवस्थापन गर्न होस् या त कोठा सफा गर्न पनि सानै उमेरदेखि सिक्ने गर्छ ।

    रातमा सुत्ने समयमा यदि आन्तरिक कोठा छ भने त्यस्तो कोठा कहिलै बन्द नगर्नुहोस् । भित्री कोठा छैन भने बाहिरी कोठा पनि सम्भव भएसम्म खुला राख्नुपर्छ । ताकि बच्चालाई परेको समस्या समाधान गर्न सकियोस् र बच्चाप्रति नकारात्मक सोचाइ नआओस् ।

    यदि तपाईं एउटै कोठामा मात्रै बस्ने गर्नुभएको छ भने यस्तो अवस्थामा कोठाको अस्थायी विभाजन पनि गर्न सकिन्छ । एकतर्फ आमाबाबुको लागि त अर्कोतर्फ बच्चाको लागि कोठाको विभाजन गर्न सकिन्छ । आजकल धेरैको परिवारमा दुईभन्दा बढी बच्चा हुने गरेको पाइँदैन । अतस् सानो परिवारका कारणले गुजारा समेत सहज हुने गर्छ ।

    अलग सुताउनुका अन्य फाइदा
    बच्चालाई अलग औछ्यानमा सुताउनु  शारीरिक वा मानसिक हिसाबले समेत फाइदाजनक मानिन्छ । यस्तो शारीरिक एव‌ं मानसिक फाइदा आमाबाबुलाई पनि हुन सक्छ । यसले पतिपत्नीबीचको सम्बन्धमा समेत फाटो आउन सक्दैन । यी लगायत अन्य कारणले पनि बच्चालाई आमाबाबुभन्दा भिन्दै सुताउनु उपयुक्त हुन्छ ।

  • सम्बन्धित विषय:

  • # नारायणगढ–मुग्लिन सडक

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार