नवराज परियार बागलुङ : बागलुङ नगरपालिका वडा नम्बर २ मा रहेको यम्मी किचन हाउसले फागुन २७ मा सांगीतिक साँझ गर्ने भएको छ ।
किन हाउसले महाशिवरात्री पर्वको अबसर पारेर सांगीतिक साझ कार्यक्रमको आयोजना गर्ने भएको संचालक दिल रानाले जानकारी दिए ।
कार्यक्रम साँझको ६ बजेदेखि ९ बजेसम्म संचालन हुने र स्थानीय कलाकारले प्रोत्साहन गर्ने हेतुले कार्यक्रम आयोजना गरेको रानाले बताए ।
कार्यक्रममा कलाकार छोटे हिल्स लगाएतका स्थानीय कलाकारको प्रस्तुति रहने रानाले बताए ।