काठमाडौँ : प्रहरीले काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई महिला पाकेटमारलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काको नेतृत्वको टोलीले
काठमाडौँ, गोंगबु-११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेतीलाई नियन्त्रणमा लिएको हो ।
खड्काका अनुसार उनीहरूले विगत लामो समयदेखि विभिन्न गिरोहमा संलग्न भएर चोरी गर्ने, पकेट मार्ने तथा ठग्ने काम गर्दै आएका थिए । उनीहरुलाई पकेट मार्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट ३४ हजार ५५० रूपैयाँ बरामद गरिएको छ । डिएसपी बोहोराका अनुसार उनीहरू कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार
बनाएर पकेट मार्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनिहरूलाई प्रहरी म्याद थप गरि महानगरीय प्रहरी वृत्त कालीमाटी राखिएको छ ।
याे पनि
“चितुवाको छाला सहित दुई जना व्यक्ति पक्राउ “
चितुवाको छाला सहित २ जना युवक पक्राउ परेका छन् । चितुवाको छाला अवैध रुपमा ओसारपसार तथा बिक्रीबितरण भैरहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस महानगरीय उपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले मंगलबार बेलुका लाजिम्पाटबाट पक्राउ गरेको हो ।
प्रहरीले लाजिम्पाट उत्तरढोकाबाट बाग्लुङ्ग निशि खोला गाउँपालिका ३ का २२ वर्षका सन्तोष बुढा मगर र मोरङ्ग जिल्ला डाँगिआठ गाउँपालिका ३ माझिगाउँका २८ वर्षे माइला भनेर चिनिने रञ्जित माझि पक्राउ परेका छन् ।
उनीहरुको साथमा १ थान चितुवाको छाला वरामद भएकाले थप अनुसन्धानको लागि जिल्ला वन डिभिजन कार्यालय हातिसार काठमाडौ पठाइएको प्रहरीले बताएको छ ।