देवी भन्छिन्–‘जे चल्यो, त्यसकै पछाडि दौडिनु राम्रो होइन’

देवी भन्छिन्–‘जे चल्यो, त्यसकै पछाडि दौडिनु राम्रो होइन’

  • फाल्गुण २७, २०७७ बिहिवार
  • ०८:४५:०४ बजे
  • 4.6K
    SHARES
  • देवी भन्छिन्–‘जे चल्यो, त्यसकै पछाडि दौडिनु राम्रो होइन’
    गायिका देवी घर्ती मगर

    काठमाडाैँ : लोकगायिका देवी घर्तीले जुन गीत चल्यो त्यसपछि त्यस्तै शैलीको स्वर खोजिने गरेको बताएकी छिन् । उनले भनिन्–‘बदला बरिलै गीत चलेपछि धेरैले मलाई यस्तै स्वरमा गीत गाउन आग्रह गर्नुभयो ।

    कुनै गीत चलेपछि अघिल्लो गीतकै मेलोडीमा स्वर खोजिन्छ ।’ उनले अगाडि भनिन्–‘स्केल हाइ छ, तर लो मेलोडीको स्वर निकाल्नुहोस् भनेपछि कहाँ हुन्छ र रु’ देवीका अनुसार, कतिपय उनले अपेक्षा गरेका गीत चल्दैनन् ।

    तर, कतिपय आशा नै नगरेका गीत पनि बजारमा चल्ने गरेको उनको तर्क छ । उनले, नव–गायिकाहरुले राम्रो काम गरेको बताउँदै उनीहरुको स्वर आफूले सुन्ने गरेको बताएकी छिन् ।

    कोरोनाका कारण थला परेको स्टेज कार्यक्रम विस्तारै चलायमान हुन थालेको उनको तर्क छ । स्टेज कार्यक्रम सुरु भएपछि गायक–गायिकालाई पनि सहज हुने देवीले बताइन् ।

  • सम्बन्धित विषय:

  • # देवी घर्ती

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार