हेर्नुहोस्, आज २०७७ मंसिर ३० गते मंगलबारको राशिफल, तपाईको आजको दिन कस्तो छ ?

हेर्नुहोस्, आज २०७७ मंसिर ३० गते मंगलबारको राशिफल, तपाईको आजको दिन कस्तो छ ?

  • मंसिर ३०, २०७७ मंगलवार
  • ०७:०७:५७ बजे
  • 4.3K
    SHARES
  • हेर्नुहोस्, आज २०७७ मंसिर ३० गते मंगलबारको राशिफल, तपाईको आजको दिन कस्तो छ ?

    मेष लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुनसक्छ  । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने छ।

    बृष स्वास्थ्य सबल हुनाले उपलव्धी मुलक कामहरु गरेर दैनिक जीवन फेरिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरीएको लगानीबाट भनजस्तो नतिजा आउँने हुदा मन प्रशन्न हुनेछ । अध्ययन अध्यापनमा प्रगती गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुनेसमय रहेकोछ भने दिदि बहिनीको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आकस्मिक धन प्राप्तीको योग रहेकोछ ।

    मिथुन आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाइने  तथा विलासी जीवन व्यातित गरी रमाउने समय रहेकोछ । जीवन साथीसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारी व्यावसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ ।

    कर्कट सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भएपनि अन्तत तपार्ईँको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्वन्धी पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाइ  लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै अगाडी बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरिमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन ।  

    सिंह पढाइ लेखाइ बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्वन्धित व्यावसायवाट भनेजस्तो आम्दानी नहुदा आर्थिक सन्तुलन बिग्रने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई अविस्वास गर्नाले बाध्यता बस टाडा हुनु पर्नेछ । आफन्त तथा सन्तानले तपार्ईँको काममा सहयोग नगर्ने तथा भनेको नमान्दा महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ ।  

    कन्या राजनीति तथा सामाजिक कामहरुमा समय खर्चिनेहरुले समयमा सर्बसाधारणको काम गर्न सम्दा पद प्रतिष्ठा प्राप्त हुनेयोग रहेकोछ । साथिहरुको सहयोगले उपलव्धी मुलक काम गर्ने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा सुधार गर्दै लान सकिनेछ भने खोज तथा अनुशन्धानमा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ ।  

    तुला मुद्दा मामिला तथा अदालतबाट हुने फैसला तपार्ईँकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धी हरुलार्ई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ । बिद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् ।

    बृश्चिक बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपार्ईँको निर्णय तपार्ईँ आफैलाई आत्मघाती हुनसक्छ । आफन्त,साथिभाई तथा कुटुम्वसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।

    धनु राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुदा नाम कमाउन तथा पद प्राप्तीको योग रहेकोछ । बिभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

    मकर वैदेशिक व्यापार तथा वैदेशिक क्षेत्रसँग सम्वन्धीत कामहरुबाट न्यून आम्दानी हुनेछ । लामो दुरिको विदेश यात्राको तय नगर्नु नै राम्रो रहनेछ  । बिद्यामा भने सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा केहि खरावी हुन सक्छ ख्याल गर्नुहोला । साझको समय राम्रो रहेकोले पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ ।

    कुम्भ लाभस्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लगानी गरी मनग्गे नाँफा कमाउन सकिनेछ भने सरकारी स्रोत साधन प्रयोग गर्न पाइने  योग रहेकोछ । पैत्रिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । पढाइ लेखाइमा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ ।  

    मीन गीत संगित क्षेत्रमा रुची बढ्ने हुँदा केही समय रमाईलो तिर पनि समय खर्च हुनेछ । समयको गतीसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । आज गरीएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेकोछ ।  

  • सम्बन्धित विषय:

  • # राशिफल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार