टीकाकुमारी खत्री
बागलुङ : जिल्लाको गलकोट नगरपालिकाको आयोजनामा नगरस्तरीय योजना तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ ।
हात्तीपाइले रोग निवारण अभियान २०७७ अन्तर्गत अभिमुखीकरण गोष्ठी गलकोटको हटिया स्वास्थ्य चौकीमा सोमबार सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले हात्तीपाइले रोग विरुद्धको औषधि जाने बुझेका व्यक्तिहरुले विभिन्न बहाना बनाएर सेवन नगर्ने प्रवृत्ति हावी भएको बताए ।
उनले औषधी सेवन गर्ने भन्दा नगर्ने व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गर्नुपर्ने बताए ।
समाजमा व्यवहार परिवर्तन नहुनुमा जाने बुझेका व्यक्तिहरुको साझा चेतनाको विकासमा निर्भर रहेको बताउदैं नगरप्रमुख गैरेले गलकोटलाई स्वस्थ बनाउन सबैलाई सचेत बनाउदैं स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा औषधि सेवनको कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, गलकोट नगर शिक्षा अधिकारी रुद्र नारायण सापकोटा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा हात्तीपाइले रोगको चरण, लक्षण, औषधि सेवनबारे सचेतना वृद्धि गर्ने कार्यक्रम, १२ औं चरणमा सञ्चालान हुने हात्तीपाइले रोग विरुद्धको अभियानको बारेमा प्रकाश पादैं जिल्ला स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले सहजीकरण गरेकी थिइन् ।
कार्यक्रम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता स्वास्थ्य शाखा प्रमुुख मिनराज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।