विनोद विश्वकर्मा
बागलुङ : जिल्लाको ढोरपाटन नगरपालिका—१ बुर्तिबाङमा नर्सिङ कर्मचारीका लागि २ दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
सुत्केरी अवस्थामा मातृ शिशु तथा नवजात शिसुको मृत्युदर उच्च रहेको र रोकथाम गर्नको लागि नर्सिङ कर्मचारीको क्षमता अभिवृद्धि गरिने उद्देश्यका साथ सञ्चालन गरिएको हो । कार्यक्रमा बागलुङ जिल्लाका निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला
गाउँपालिका बडिगाड गाउँपालिका, गलकोट नगरपालिका र बरेङ गाउँपालिकाका १७ स्वास्थ्य चौँकीमा कार्यरत नर्सिङ कर्मचारी तालिममा सहभागी भएका छन् ।
तालिममा स्वास्थ्यकर्मीलाई सामान्य प्रसुति गराउने, उच्च रक्तश्राव भएको अवस्थामा व्यावस्थापन तथा निसास्निे तथा प्रशुतिको अवस्थामा बच्चाको पहिला हात तथा खुट्टा निस्किएमा त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिईने जनस्वास्थ्य विज्ञ गणेश बरुवालले जानकारी दिए ।
ग्रमिण स्वास्थ्य सुधार परियोजना फेयरमेड बागलुङको आयोजना तथा विवाईसी बागलुङको साझेदारीमा सञ्चालित २ दिने तालिममा बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्र बुर्तिबाङका
डा.अनिल के.सी, रुकुम अस्पतालका डा.आधार ओली, जनस्वास्थ्य अधिकृत पार्वती अर्याल र जनस्वास्थ्य विज्ञ गणेश बरुवाले प्रशिक्षण दिने बताईएको छ ।