बागलुङ : जिल्लाको बागलुङ नगरपालिका—५ का भरत सापकोटालाई ७ वर्ष जेल सजायँ फैसला भएको छ ।
१९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोमा मुद्दा खेपेका उनलाई जिल्ला अदालत बागलुङले दोषी ठहर गर्दै उक्त फैसला गरेको हो । जिल्ला अदालत बागलुङका न्यायाधीस बासुदेव न्यौपानेको इजलासले सापकोटालाई ७ वर्ष कैद सहित एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।
जिल्ला अदालत बागलुङका श्रेस्तेदार सूयप्रसाद भण्डारीले दिएको जानकारी अनुसार एक हजार तीन सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने आदेश भएको छ ।
पीडित युवतीले आफुमाथि जबरजस्ती करणी भएको भन्दै गत साउन २१ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएकी थिईन् । सापकोटाले उनलाई गत साउन १६ र १७ गते बलत्कार गरेको बताईएको छ ।
प्रहरीले आरोपितलाई साउन २१ गते पक्राउ गरि अनुसन्धान पुरा गरि जिल्ला सरकारी वकिलको कार्यालय मार्फत भदौ ८ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतको भदौ ९ गतेको आदेशले सापकोटा पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका थिए ।