बागलुङ : जिल्ला प्रशासन कार्यालय बागलुङले कोरोना भाईरसको जोखिम बढेको भन्दै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
बुधबार बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमारी कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना महामारीको जोखिमलाई ध्यानमा राखेर भिडभाड नगर्न, उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो ।
कोभिड संकट व्यवस्थापन केन्द्रले कोरोना महामारी नियन्त्रणका लागि गरेको निर्णय कार्यान्वयन गराउने सन्दर्भमा होलीको समयमा भिडभाड हुन नदिने, क्वारेन्टी आईसोलेसनलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
