हात्तीपाईले रोग निवारणका लागि बरेङमा गोष्ठी

हात्तीपाईले रोग निवारणका लागि बरेङमा गोष्ठी

  • चैत्र १७, २०७७ मंगलवार
  • १५:३२:२० बजे
  • 4.4K
    SHARES
  • हात्तीपाईले रोग निवारणका लागि बरेङमा गोष्ठी

    बरेङ : बरेङमा राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम आम औसधी सेवन अभियानको गाँउपालिका स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरु पटक–पटक औसधी सेवन गर्दा पनि हात्तीपाईले रोग निवारण सर्वेक्षणमा असफल हुनुका औषधी सेवनमा नगर्नु भएको बताएका छन् । 

    उनीहरुले जनचेतनाको कमी, औषधी प्रतिको नकारात्मक बुझाई हुँदा रोग नियन्त्रणमा चुनौती भएको बताए । व्यापक रुपमा प्रचारप्रसार स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा हात्तीपाईलेको औषधी खुवाउन सके रोग निवारण गर्न सफल हुने सहभागीहरुको बुझाई छ । आम नागरिकलाई हात्तीपाईले रोग विरुद्धको औषधी सेवनका लागि प्रभावकारी हुने खालेको अभियान चलाउनु पर्ने बरेङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताए ।

    बरेङ गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख पुन र स्टाफ नर्स मार्टिना थापाले कार्यक्रमको उद्धेश्य र हात्तपाईले रोग सम्बन्धी सहजीकरण गरेका थिए । कार्यक्रममा बरेङ गाँउपालिकाकी उपाध्यक्ष दिलकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत रमेश थापा, ५ वटै वडाका वडा अध्यक्षहरु, विभिन्न दल तथा संघ संस्थाका प्रतिनिधिहरु र निजी क्लिनिकका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

    बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रशाद शर्माको अध्यक्षता, स्वास्थ्य शाखा प्रमुख पदम बहादुरपुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । गण्डकी प्रदेशको बागलुङ पर्बत र लम्जुङ गरि ३ जिल्लासहित देश भरिका १३ जील्लामा यहि चैत्र २० गते देखि स्वास्थ्यकर्मीको प्रतक्ष निगरानीमा हात्तीपाईले रोग विरुद्धको औसधी खुवाईदै छ ।

  • सम्बन्धित विषय:

  • # हात्तीपाईले रोग

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार