बडिगाड घटना

बडिगाड घटनामा संलग्न भएकाे आरोपमा पाँच जना फक्राउ

बडिगाड घटनामा संलग्न भएकाे आरोपमा पाँच जना फक्राउ

  • चैत्र १८, २०७७ बुधवार
  • १३:१०:०७ बजे
  • 12.0K
    SHARES
  • बडिगाड घटनामा संलग्न भएकाे आरोपमा पाँच जना फक्राउ

    बागलुङ : बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० र निसीखोला गाउँपालिका वडा नम्बर ७ को सिमाना बल्देधुरी घटनामा संलग्न भएकाे आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    होली पर्व मनाउने क्रममा झडप हुँदा भीरबाट खसालेर दुई जनाको मृत्यु भएको थियो । घटना भएको तीन दिनपछि मात्रै प्रहरीले पाँच जनालाई लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी

    इकवाल हवारीले जानकारी दिए । मृत्यु हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाई रहेका छन् ।घटनामा ज्यान गुमाएका दुई जनाको पोष्टमार्टम गरिएको छ ।

    परिवारको सहमतिमा उनीहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको हो । बुधबार शव आफ्न्तको जिम्मा लगाउने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रदेशसभा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार