अब बरेङमा सिसी क्यामेरा फ्रि वाईफाईको  सुविधा

अब बरेङमा सिसी क्यामेरा फ्रि वाईफाईको  सुविधा

  • चैत्र १८, २०७७ बुधवार
  • १८:३६:२० बजे
  • 5.8K
    SHARES
  • अब बरेङमा सिसी क्यामेरा फ्रि वाईफाईको  सुविधा
    बरेङ बजार

    बरेङ : बरेङ गाँउपालिकाले बरेङ बजारमा सिसी क्यामेरा जडान तथा खुल्ला क्षेत्रमा ईन्टरनेट विस्तार गर्ने भएको छ । बरेङ बजारको शान्ति सुरक्षा व्यवस्थित गर्नुका साथै बजारमा हुन सक्ने अपराधिक गतिबिधिलाई नियन्त्रण गर्नका लागी सिसी क्यामेरा जडान गर्न थालिएको हो ।

    १५ दिन भित्र बजारमा सिसी क्यामेरा जडान गरि सक्ने बरेङ गाँउपालिकाका सुचना प्रबिधि अधिकृत राजन कार्कीले जानकारी दिए । बजारमा जडित सिसी क्यामेरा मार्फत ईलाका प्रहरी कार्यालय बरेङडाडाँ तथा बरेङ गाँउपालिकाको कार्यलय सुचना प्रशासन शाखाबाट निगरानी

    गरिने छ । आम नागरिक र सेवा ग्राहीको आवश्यकतालाई ध्यानमा राखेर पालिकाले पहिलो चरणमा गाँउपालिकाको कार्यालय आसपास र सबै वडा कार्यालय आसपासमा फ्रि ईन्टरनेट बिस्तार गर्न लागेको बरेङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।

    थापाका अनुसार जनघनत्व बढि भएका स्थान तथा सभा सम्मेलन बैठक आदि हुने स्थानमा समेत क्रमस फ्री इन्टरनेट बिस्तार गरिने  छ । यसले गाउँपालिकामा आउने सेवा ग्राहीलाई सेवा लिन मघत पुग्ने गाउँपालिकाले अपेक्षा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # वाईफाई
  • # सिसी क्यामेरा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार