सुत्केरीको मृत्युपछि देवदह मेडिकल कलेजमा तनाव, आफन्तले गरे प्रदर्शन

सुत्केरीको मृत्युपछि देवदह मेडिकल कलेजमा तनाव, आफन्तले गरे प्रदर्शन

  • मंसिर २२, २०७७ सोमवार
  • ०९:३३:०१ बजे
  • 2.8K
    SHARES
  • सुत्केरीको मृत्युपछि देवदह मेडिकल कलेजमा तनाव, आफन्तले गरे प्रदर्शन

    बुटवल : सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले देवदह मेडिकल कलेज घेराउ गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका– १० की ३१ वर्षीया राधा थारुको अपरेसनमा लापरबाही भएको आरोपमा घटनाको छानवीन, दोषीलाई कारबाही र क्षतिपूर्ति माग गर्दै मृतकका आफन्तले प्रदर्शन गरेका हुन् ।

    मंसिर १७ गते अस्पताल भर्ना भएकी थारुको शल्यक्रिया गरेर १८ गते बिहान ५ बजे शिशु जन्माइएको थियो । बच्चा जन्माएको चार घण्टासम्म स्वास्थ्य अवस्था राम्रो रहेको र कुराकानी पनि भएको तर एक्कासी अप्रेसन गरेको ठाउँबाट रक्तश्राव हुन थालेपछि सोही दिन आईसीयूमा राखेर बिहान ११ बजे दोस्रो शल्यक्रिया गरिएको थियो ।

    त्यसपछि पनि रक्तश्राव नरोकिएपछि पाठेघर निकाल्न राति तेस्रो अप्रेशन गरिएको मृतककी दिदी फुलमति थारुले बताइन् । राधालाई सुत्केरी भएपछि १३ पिन्ट ९पोका० रगत चढाइएको उनले बताइन् ।

    रक्त सञ्चार केन्द्रमा पटक पटक रगत लिन जँंदा यति धेरै रगत त आवश्यक नपर्ने भनेर रक्त सञ्चारका कर्मचारीले आशंका गर्दै बिरामीलाई हेर्न भनेपछि हेर्न जाँदा जिब्रो बाहिर निक्लेको अवस्थामा बहिनीलाई देखेको फुलमतिले बताइन् ।

    आफूहरुले सुत्केरीको मृत्यु भएको देखेर स्वास्थ्यकर्मीसँग कुरा गर्दा जीवित रहेको दावी गर्दै मुख बाहिर आएको जिब्रोलाई निप्पलले मुखभित्र धकेलेको दाबी उनको थियो ।

    मेडिकल कलेजले अपरेसनका क्रममा लापरबाही गरेका कारण सुत्केरीको मृत्यु हुन पुगेको आफन्तको दावी छ । ‘लापरबाही नभएको भए तीन दिनसम्म सुत्केरीलाई हेर्न किन दिइएन रु’, फुलमतिले भनिन्, ‘सुत्केरीको मृत्यु भएपछि पनि उपचार भइरहेको छ भनेर हामीलाई ढाँटिएको हो ।’

    मेडिकल कलेजले उपचारमा गम्भीर लापरबाही गरेर तीन दिनसम्म सुत्केरीको अवस्थाको यथार्थ जानकारी नदिएको मृतकका श्रामान् हिरालाल थारुले बताए । घटनाको छानवीन, दोषीलाई कारबाही र उचित क्षतिपूर्ति दिनुपर्ने मृतकका आफन्तले माग गरेका छन् ।

    मेडिकल कलेजले आइतबार दिउँसो मात्रै सुत्केरीको मृत्यु भएको घोषणा गरेको थियो । तर त्यसअघि नै शनिबार मृतकका आफन्तसँगको छलफलमा चार लाख रुपैयाँ दिन र उपचार खर्च नलिन तयार भएको हिरालालले बताए ।

    उपचार खर्च नलिने र चार लाख रुपैयाँ दिन्छौं भन्ने कुराले उपचारमा लापरबाही भएको पुष्टि भएको थारुको दाबी छ । सुत्केरीको उपचारमा डा।संजिव योञ्जनको टोली सहभागी थियो ।

    मेडिकल कलेजका मेडिकल सुपेरिटेन्डेन्ट डा। बिक्रम ज्ञवालीले उपचारमा लापरबाही नभएको दाबी गरे । ‘हामीले सुत्केरीलाई बचाउन हरसम्भव प्रयास गरेका हौं, तर सकिएन, यसमा हामी दुःखी छौं’, उनले भने ।

    क्षतिपूर्तिबारे मेडिकल कलेजमा वार्ता भइरहेको छ । गेटमा प्रदर्शन रोक्न मेडिकल कलेज परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # सुत्केरीको मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार