बरेङमा सकियो स्तरीय तेस्रो राष्ट्रपतिकप रनिङशिल्ड प्रतियोगिता  

बरेङमा सकियो स्तरीय तेस्रो राष्ट्रपतिकप रनिङशिल्ड प्रतियोगिता  

  • चैत्र २२, २०७७ आइतवार
  • ०७:३०:२७ बजे
  • 6.6K
    SHARES
  • बरेङमा सकियो स्तरीय तेस्रो राष्ट्रपतिकप रनिङशिल्ड प्रतियोगिता  

    बरेङ : बरेङ गाउँपालिकाले आयोजना गरेको पालिका स्तरिय ‘तेस्रो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता’को उपाधि पुरुषोद्धय माध्यमिक विद्यालयले जितेको छ । 

    भृकुटी माध्यमिक विद्यालय हुग्दिसीर काफलबोटमा सम्पन्न प्रतियोगितामा कुल ९  वटा पदक जित्दै पुरुषोद्धयले तेस्रो राष्ट्रपति रनिङ सिल्डको उपाधि हात पारेको हो । गत वर्ष सर्बोद्धय माविले उपाधि जितेको थियो । 

    प्रतियोगितामा पुरुषोद्धयले १ स्वर्ण, चार रजत र चारवटा कांस्य पदक हात पा¥यो ।  प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय दोस्रो भयो । महेन्द्रले ३ स्वर्ण, दुई रजत र एक कांस्य गरी कुल ६ वटा पदक जित्यो । 

    सर्बोद्धय माध्यमिक विद्यालय बरेङले तेस्रो स्थान हासिल ग¥यो । सर्वोद्धयले २ स्वर्ण, दुई रजत र एक कांस्य गरी कुल पाँच वटा पदक जित्यो ।

    पहिलो हुने पुरुषोद्धयले रनिङ सिल्ड र ट्रफीसँगै  प्रमाण पत्र पुरस्कार पनि हात पा¥यो । दोस्रो हुने महेन्द्र माध्यमिक बिद्यालय सुखौरा र तेस्रो हुने सर्वोद्धय माध्यमिक विद्यालयले प्रमाण पत्र पाएको छ ।

    प्रतियोगितामा पालिका भित्रका ७ वटा विद्यालयका २ सयभन्दा बढी खेलाडीले सहभागिता जनाएको गाउँपालिकाको खेलकुद तथा शिक्षा विकास समितिका संयोजक नरबहादुर विकले जानकारी दिए ।  

  • सम्बन्धित विषय:

  • # राष्ट्रपतिकप रनिङशिल्ड प्रतियोगिता

  • दिपेन्द्र परियार

    उहाँ बागलुङ पोस्टको संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार