तीन साता शैक्षिक संस्था बन्द गर्न सिफारिस

तीन साता शैक्षिक संस्था बन्द गर्न सिफारिस

  • चैत्र २९, २०७७ आइतवार
  • ०७:०७:३३ बजे
  • 5.7K
    SHARES
  • तीन साता शैक्षिक संस्था बन्द गर्न सिफारिस

    काठमाडाैँ : कोरोना संक्रमण बढ्दै गएको र अवस्था थप भयावह हुन सक्ने निष्कर्षका साथ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले कम्तिमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।कोरोनाको नयाँ भेरियन्ट देशमा देखिन थालेको र सोको असर विद्यालय जाने उमेर समूहमा पर्ने निष्कर्षका साथ यस्तो सिफारिस गरिएको हो । 

    यद्यपी विद्यालय बन्द भएपनि  अनलाइन माध्यमबाट पठनपाठन सन्चालन  मिलाइने सीसीएमसीले भनेको छ । यसअघि स्वास्थ्य मन्त्रालयले पनि विद्यालय बन्द गरेर अनलाइन माध्यमबाट पठाउने गरी निर्णय गर्न सीसीएमसीमा सिफारिस गरेको थियो । बैठकले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील पनि गरेको छ । 

    पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भई आम रुपमा सतर्कता अपनाउन अपील गर्ने निर्णय भएको बताए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डिसीसीएमसीलाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको छ ।

    सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ । 

    यसबाहेक कुनैपनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभई अटेरी रुपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि बरालले बताए ।

  • सम्बन्धित विषय:

  • # शैक्षिक संस्था बन्द

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार