शव फेला

बुर्तिबाङ नजिक जमिन मुनी गाडिएको अवस्थामा एक पुरुषको शव फेला

बुर्तिबाङ नजिक जमिन मुनी गाडिएको अवस्थामा एक पुरुषको शव फेला

  • बैशाख १, २०७८ बुधवार
  • १९:५७:११ बजे
  • 28.7K
    SHARES
  • बुर्तिबाङ नजिक जमिन मुनी गाडिएको अवस्थामा एक पुरुषको शव फेला

    बुर्तिबाङ : बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर २ खल्टुबोटमा गाडीएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो ढोरपाटन नगरपालिका खल्टुबोट स्थित जस्ति खोल्सामा अन्दाजी ३५ वर्षीय

    पुरुषको शव फेला परेको हो । खोल्लाको छेउँमा  खुट्टा बाँदेर ढुङ्गाले छोपेर जमिन मुनी गाडीएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।

    शवको पहिचान भएको छैन् । कोर्ट सर्ट पाइन्ट लगाएको हुलिया छ । शवलाई पोष्ट मार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको जनाइएको छ । ५/६ दिन अगाडी हत्या गरी गाडिएको

    हुनसक्ने बताईएको छ । शव गलिसकेको अवस्थामा रहेको र थप अनुसन्धान भइरहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # पुरुषको शव फेला

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार