सोमबारदेखिका सबै परीक्षा स्थगित, एसईईबारे पछि निर्णय हुने

सोमबारदेखिका सबै परीक्षा स्थगित, एसईईबारे पछि निर्णय हुने

  • बैशाख १२, २०७८ आइतवार
  • १९:३५:२६ बजे
  • 7.2K
    SHARES
  • सोमबारदेखिका सबै परीक्षा स्थगित, एसईईबारे पछि निर्णय हुने
    फाइल तस्बिर

    काठमाडौं : कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको सिसिएमसीको बैठकले

    सो निर्णय गरेको हो । सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । स्रोतले भन्यो, ‘एसईई परीक्षाबारे पछि निर्णय लिइनेछ ।’

    याे पनि कोरोना संक्रमितको संख्या तीन लाख नाघ्यो
    नेपालमा कोरोनाभाइरस कोभिड-१९ संक्रमितको संख्या तीन लाख नाघेको छ । गएको २४ घण्टामा ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टिसँगै संक्रमित संख्या तीन लाख १ सय १९ पुगेको हो । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गएको २४ घण्टामा ९ हजार २९२ जनाको पिसिआर र ७८६ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना संक्रमित भएका हुन् ।

    जसमध्ये काठमाडौंमा १ हजार १ सय ३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार हाल ६९ जना क्वारेन्टाइनमा रहेका छन् । 

    सम्बन्धित समाचार