गण्डकीमा ‘फ्लोर क्रस’ गर्ने डरले २६ सांसदलाई एक रातको २० हजार पर्ने रिसोर्ट बुक गरेर राखियो

गण्डकीमा ‘फ्लोर क्रस’ गर्ने डरले २६ सांसदलाई एक रातको २० हजार पर्ने रिसोर्ट बुक गरेर राखियो

  • बैशाख १५, २०७८ बुधवार
  • ०७:२१:१३ बजे
  • 3.6K
    SHARES
  • गण्डकीमा ‘फ्लोर क्रस’ गर्ने डरले २६ सांसदलाई एक रातको २० हजार पर्ने रिसोर्ट बुक गरेर राखियो
    कुटी रिसोर्ट

    काठमाडौं : गण्डकी प्रदेश सभामा सरकारविरुद्ध बहुमत पुर्‍याउन ३१ सांसद चाहिन्छन् । ६० सदस्यीय प्रदेश सभामा अविश्वास प्रस्तावकर्ता दलहरू कांग्रेसका १५, सभामुखसहित माओवादी केन्द्रका १२ र जनता समाजवादीका दुई सांसद छन् । तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाले पनि अविश्वास प्रस्तावको

    पक्षमा मतदान गर्ने प्रस्ट पारिसकेको छ । अंक गणितमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रस्ट अल्पमतमा परेको देखिन्छ । तर, गुरुङ नेतृत्वको सरकार जोगिनेमा सत्तारुढ दल एमाले अझै आशावादी छ । बहुमतको अंक भए पनि विपक्षी दलहरू त्रासमै छन् । मत सुरक्षित गर्न सांसदलाई होटेलमा राखिएको छ । माओवादी केन्द्र र

    कांग्रेसका सांसद लेकसाइडको कुटी रिसोर्टमा बसेका छन् । जनता समाजवादीका सांसद होटेल गुडविलमा छन् । फ्लोर क्रसका लागि हुने चलखेल रोक्नका लागि अविश्वास प्रस्तावकर्ताहरू होटेलमा बसेको विश्लेषण छ । तर, माओवादी सांसद दीपक कोइराला फ्लोर क्रसको चिन्ताभन्दा पनि एकै ठाउँमा बस्दा बैठक बस्न र

    रणनीति बनाउन सहज हुने भएकाले सँगै बसिएको तर्क गर्छन् । अवस्था तरल नै रहेको स्वीकार गरेका उनले भने, ‘फ्लोर क्रस गर्छन् भन्ने चिन्ताले होइन, सहजताका लागि सँगै बसेको हो । सँगै सरकारमा जाने भनेपछि योजना बनाउने उद्देश्य राखिएको हो । यसलाई अन्यथा रूपमा बुझ्न जरुरी छैन ।’ पूर्व माओवादी नेता

    रामबहादुर थापा पक्षका भनिएका सांसद मतदानमा अनुपस्थित हुन सक्ने आशंकापछि सांसदहरूलाई एकै ठाउँ राखिएको पनि अनुमान छ । तर, माओवादी प्रमुख सचेतक गायत्री गुरुङले छलफलका लागि एकै स्थानमा जम्मा भएको बताइन् । ‘सामान्य छलफलका लागि एकै स्थानमा जम्मा भएका हौँ, ,’ उनले भनिन् । 

    सम्बन्धित समाचार