गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई निलुवा समाज चमुवा जापानको सहयाेग

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई निलुवा समाज चमुवा जापानको सहयाेग

  • बैशाख २०, २०७८ सोमवार
  • १८:५८:१४ बजे
  • 5.1K
    SHARES
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई निलुवा समाज चमुवा जापानको सहयाेग

    गलकोट : निलुवा समाज चमुवा जापानले जनस्तरबाट निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानको लागि १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गरेको हो ।

    निर्माणमा सहयोग स्वरुप कुर्सी अवधारणा अन्तरगत समाजको नाम राख्ने गरि सहयोग गरेको हो । सन् २०१५ मा स्थापना भएको यस समाजले रंगशालामा निर्माण हुँदै गरेको २०१५ नम्बरको कुर्सीमा नाम राख्ने गरी हस्तान्तरण समाजका संरक्षक तथा स्थापक अध्यक्ष भोजेन्द्र सुवेदीले  जानाकारी दिए ।

    निलुवा समाज चमुवा जापानका सल्लाहकार मोहन सुवेदी, भरतपुर महानगरपालिका–५ का अध्यक्ष पदम सुवेदी लगायतको सहभागितामा फाउन्डेसनलाई रकम हस्तान्तरण गरेको हो ।

  • सम्बन्धित विषय:

  • # गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

  • ईश्वर सुवेदी

    उहाँ बागलुङ पाेस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार