बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना शंकास्दप लक्षण भएका बिरामी बढ्दो 

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना शंकास्दप लक्षण भएका बिरामी बढ्दो 

  • बैशाख २५, २०७८ शनिवार
  • १९:१६:१९ बजे
  • 7.6K
    SHARES
  • बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना शंकास्दप लक्षण भएका बिरामी बढ्दो 
    बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र

    बुर्तिबाङ : बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पछिल्लो समय दैनिक २५ देखि ३० जनासम्म ज्वरो, रुघाखोकीका कोभिडसँग मिल्दो लुल्दो लक्षण भएका बिरामी आउन थालेका छन् ।

    सिजनल फूलुका कारण पनि कोभिड जस्तै ज्वरो आउने, रुघाखोकी लाग्ने, शरिर दुख्ने समस्या हुने भएका कारण कोभिड हो वा सिजनल फ्लू छुट्याउन नसकिने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए । सामान्य समस्या भएका बिरामीलाई औषधी दिएर पठाउने गरेरेको भए पनि कोभिड लक्षण

    देखिएका, श्वासप्रवासमा समस्या भएका बढि ज्वारो आउने, जिउ दुख्ने समस्या भएमा पिसिआर गर्ने व्यवस्था मिलाइएको डा. मल्लको भनाई छ । उपचारका लागि ढोरपाटन नगरपालिकासहित छिमेकी पालिकाबाट समेत बिरामी आउने भएका कारण अन्य बिरामी बाहेक दैनिक २५/३० जना बिरामी

    कोभिडसँग मिल्दो जुल्दो लक्ष्यण भएका आउने गरेको मल्लको भनाई छ । त्यस्ता लक्षण भएका बिरामीको हालसम्म पिसीआर परिक्षण भने गरिएको छैन । सामान्य अवस्था अवस्थाका बिरामीको पिसीआर नगर्ने तर बढि समस्या भएका बिरामीको मात्र पिसिआर परीक्षण गरिने ढोरपाटन नगरपालिकाले

    गरेको निर्णय गरेको बताइएको छ ।अहिले टोलटोलमा पुगेर तथा प्रतिनिधी मुलक रुपमा पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने व्यवस्था नभएको ढोरपाटन नगरपालिका स्वास्थ्य संयोजक घनश्याम शर्माले बताए । यसले गर्दा कोरोनाको संक्रमणले डर लाग्दो रुप लिन सक्ने देखिन्छ ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार