चन्द्रमाबाट ढुंगा-माटो लिएर फर्कियो चिनियाँ यान

चन्द्रमाबाट ढुंगा-माटो लिएर फर्कियो चिनियाँ यान

  • पौष २, २०७७ बिहिवार
  • १५:०४:५७ बजे
  • 4.2K
    SHARES
  • चन्द्रमाबाट ढुंगा-माटो लिएर फर्कियो चिनियाँ यान

    एजेन्सी : चन्द्रमाबाट ढुंगा-माटो लिएर फर्कियो चिनियाँ यान चिनियाँ यानले चन्द्रमाको सतहबाट दुईदेखि ४ किलोसम्मको नमूना लिएर फर्किएको छ। 

    ग्लोबल टाइम्सका अनुसार चाङ ई-५ नामक यानले चन्द्रमाको सतहबाट दुईदेखि चार किलोसम्मको ढुंगा(माटोको नमूना लिएर फर्किएको हो। उक्त यान उत्तर चीनको सिजिवाङ ब्यानर भन्ने ठाउँमा अवतरण गरेको हो। यान स्थानीय समय अनुसार बिहीबार बिहान २ बजे अवतरण भएको हो।   

    चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले यानको सुरक्षित अवतरणसँगै चन्द्रमाबाट पहिलोपटक नमूना ल्याउने लक्ष्य पूरा भएको बतायो।  

    प्रशासनले ग्लोबल टाइम्सलाई दिएको जानकारी अनुसार यानको क्याप्सुललाई हवाई माध्यमबाट बेइजिङ लगिनेछ। जहाँ चन्द्रमाबाट ल्याएका नमूना भएको कन्टेनर खोलिनेछ।

    यान पृथ्वीमा फर्किंदा जमिनभन्दा १० किलोमिटर माथिबाटै प्यारासुट खुलेको थियो। योसँगै चन्द्रमाबाट पृथ्वीमा नमूना ल्याउने चीन तेस्रो राष्ट्र बनेको छ।

    यसअघि अमेरिका र सोभियत युनियनले पनि चन्द्रमाबाट नमूना ल्याइसकेका छन्। चाङ ई-५ गत नोभेम्बरको अन्तिममा प्रक्षेपण गरेको थियो। 

  • सम्बन्धित विषय:

  • # चन्द्रमा
  • # चिनियाँ यान

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार