लकडाउनमा नेपाल टेलिकमको अफरैअफर

लकडाउनमा नेपाल टेलिकमको अफरैअफर

  • बैशाख ३१, २०७८ शुक्रवार
  • १९:५९:२४ बजे
  • 6.3K
    SHARES
  • लकडाउनमा नेपाल टेलिकमको अफरैअफर

    काठमाडौं : नेपाल टेलिकमले लकडाउन स्टे कनेक्टेडु अफर ल्याएको छ । कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधाका लागि टेलिकमले यस्तो अफर ल्याएको हो ।यो अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराइने टेलिकमले जनाएको छ। अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ ।

    सो डाटा प्याकको स्पिड एक एमबीपीएससम्म हुनेछ । यस अफर अन्तर्गत खरिद गरिएको प्याक २४ घण्टासम्म चलाउन सकिने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए। दैनिक रुपमा एक पटक मात्र सो प्याक खरिद गर्न सकिने छ । यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र चलाउन सकिनेछ। बैशाख ३१ गतेदेखि एक महिनासम्म चालू रहने यो अफर अन्तर्गत विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध हुनेछ ।

    २ सय देखि ४ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५ सय एमबी डाटा उपलब्ध गराइने छ र सो डाटा २ दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी ५ सय रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइने र सो डाटा ४ दिन भित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । 

    सम्बन्धित समाचार