भारतको गुजरातमा २३ वर्षपछि यति भयानक आँधी, डेढ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

भारतको गुजरातमा २३ वर्षपछि यति भयानक आँधी, डेढ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

  • जेठ ३, २०७८ सोमवार
  • १३:५१:१६ बजे
  • 4.9K
    SHARES
  • भारतको गुजरातमा २३ वर्षपछि यति भयानक आँधी, डेढ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

     

    बुर्तिबाङ : अरब सागरबाट उठेको चक्रवात ‘ताउ ते’ को गुजरात, महाराष्ट्र र कर्नाटकसहित ७ राज्यमा खतरा छ । गुजरातमा २३ वर्षपछि यति भयानक आँधी आउन लागेको हो । यसअघि ९ जून सन् १९९८ मा कच्छ जिल्लाको कांडलामा यति भयानक आँधी आएको थियो । यसमा ११७३ जनाको मृत्यु भएको थियो र १७७४ मानिस हराएका थिए । गुजरातको तटिय इलाकाबाट करिब १।५ लाख मानिसहरुलाई सिफ्ट गरिँदैछ । पश्चिमी तटबाट हज्जारौं भवन खाली गरिएको छ ।

     भारतीय मौसम विज्ञान विभाग ९आइएमडी० का डायरेक्टर जनरल ९डीजी० मृत्युंजय मोहपात्राले राज्यका १७ जिल्लालाई अलर्टमा राखिएको जानकारी दिए । महाराष्ट्रमा मुम्बईस्थित थुप्रै तटीय जिल्लामा आँधीका कारण खोप अभियान बन्द गर्नुपरेको छ । यहाँ मुम्बईसमेत थुप्रै शहरमा अलर्ट छ ।


    नेशनल डिजास्टर रेस्पोन्स फोर्स ९एनडीआरएफ० का डायरेक्टर जनरल एस एन प्रधानका अनुसार ७ जिल्लामा एनडीआरएफका सयभन्दा बढी टीम तैनाथ गरिएको छ । आँधीको सबैभन्दा धेरै असर गुजरातमा देख्न सकिन्छ त्यसैले गुजरातमा मात्रै ५० समूह तैनाथ गरिएका छन् ।


    चार राज्यमा ११ जनाको मृत्युः

    कर्नाटकका विभिन्न जिल्लामा आँधीका कारण हालसम्म ५ जनाको मृत्यु भइसकेको छ ।

    महाराष्ट्रको जलगांवमा आइतबार दिउँसो ३ बजे एउटा रुख झुपडीमा खस्दा १७ र १२ वर्षका दुई दिदी बहिनीको मृत्यु भयो । उनीहरुकी आमाको स्थिति गम्भीर छ ।

    गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले आँधीका कारण राज्यमा २ जनाको मृत्यु भएको छ ।

    तमिलनाडुका कन्याकुमारीमा पर्खाल भत्कँदा २ जनाको मृत्यु भएको छ । यसमा २ वर्षका एक बच्चा र ३६ वर्षका एक व्यक्ति समावेश छन् ।

  • सम्बन्धित विषय:

  • # भयानक–आँधी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार