युवाहरुको पहलमा पश्चिम बागलुङका लागि १५ थान अक्सिजन सिलिन्डर

युवाहरुको पहलमा पश्चिम बागलुङका लागि १५ थान अक्सिजन सिलिन्डर

  • जेठ ८, २०७८ शनिवार
  • १५:३८:३२ बजे
  • 5.3K
    SHARES
  • युवाहरुको पहलमा पश्चिम बागलुङका लागि १५ थान अक्सिजन सिलिन्डर

     विनोद विश्वकर्मा बुर्तिबाङ : बागलुङ अक्सिजन आपतकालिन राहत टोलीले पश्चिम बागलुङका लागि १५ थान अक्सिजन सिलिन्डर खरिद गरेको छ ।

    ६० किलोग्रामको १५ थान अक्सिजन सिलिन्डर शनिबार बुर्तिबाङ आएको छ ।  कोरोना महामारीमा कुनै पनि नागरिकले अक्सिजन नपाएर ज्यान गुमाउन नपोस भनि स्वादेश तथा वैदेशिक रोजगारमा रहेका नागरिकहरुबाट युवा राजु श्रेष्ठको संयोजकोत्वमा आर्थिक अभियान चलाएर अक्सिजन खरिद गरिएको हो ।

    उक्त अक्सिजन सिलिन्डर अलिहे बुर्तिबाङमा राखिने र आवश्यक परेका पालिकाहरुलाई प्रदान गरिने अभियानका सदस्य सोम पौवी यामुले जानकारी दिए । जुन पालिकामा आवश्यक पर्छ उक्त पालिका लाई आवश्यताको आधारमा उपलब्ध गराईने अभियानका सदस्य दिपेन्द्र श्रेष्ठले बताए । 

    विपदको बेलामा सहयोग गर्नु सबैको दायित्व भएको भन्दै वैदेशिक रोगजारमा गएका युवाहरुबाट गास कटाए सहयोग गरिएको अभियानका संयोजक राजु श्रेष्ठले बताए । आफुहरु थप स्वास्थ्य सामाग्री खरिदको लागि अभियानमा रहेको अभियानका सदस्य कमल भुसालले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # १५ थान अक्सिजन सिलिन्डर
  • # युवाहरुको पहलमा १५ थान अक्सिजन सिलिन्डर

  • विनाेद विश्वकर्मा

    उहाँ बागलुङ पोस्ट डटकमका सम्वाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार