बुर्तिबाङ : नेपालमा कोरोना महामारी फैलिरहेको अवस्थामा त्यसको रोकथाम, व्यवस्थापन र संक्रमितको उपचारमा चुनौति भइरहेको छ । दोश्रो चरणको काभिड–१९ का कारण स्थानीय पालिकालाई स्वास्थ्य सामग्री व्यवस्थापन, अक्सिजन व्यवस्थापनमा समय नागरिकले समेत सहयोग गर्न थालेका छन् । यसै सन्दर्भमा जिल्लाको बडिगाड गाउँपालिकालाई
नेपाली काँग्रेसका महिला नेतृ गण्डकी थापा अधिकारी र समाजसेवी दिपक भट्टराइको सक्रियतामा ३ थान अक्सिजन कन्सन्टेटर मेशिन बडिगाड गाउँपालिकालाई हस्तान्त्रण गरेका छन् । कोरोना रोकथामका लागि गाउँपालिकालाई सहज होस भन्ने उद्देश्यले आर्थिक संकलन अभियान चलाएर विभिन्न ११ जना सहयोगी दाताहरुबाट दुई लाख ३४ हजार रुपैयाँ मूल्य बराबरको
स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको अभियान्ता गण्डकी थापाले बताइन् । आइतबार गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजा, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदी, स्वास्थ्य कार्यालय बागलुङका कोभिड १९ फोकल पर्शन देवप्रकाश घिमिरे जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ, वडा अध्यक्ष अर्जुन खरेल लगाएतको सहभागितामा समाजसेवी
सागर खरेल र विष्णु आर्चायले पालिकालाई हस्तान्त्रण गरेका हुन् । सामग्री खरिदमा समाजसेवी दिपक भट्टराईले १ लाख, समाजसेवी नमबहादुर अधिकारीले २५ हजार (सिटी फाउण्डेशन), समाजसेवी इश्वरी केसीले २० हजार, नेपाली काँग्रेसका क्षेत्रीय सदस्य विष्णुप्रसाद आर्चायले १५ हजार, समाजसेवी जित बहादुर कुवँरले १५ हजार, शिक्षक सागर खरेलले १० हजार,दुर्गा घिमिरे १० हजार
नेपाली काँग्रेृसका महिला नेतृ गण्डकी थापाले १० हजार,नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी मञ्जेश बम मल्लद्धारा १० हजार, सिवाइसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्माले १० हजार, समाजसेवी प्रकाश शेरचनबाट १० हजार संकलन गरि उक्त सामग्री हस्तान्तरण गरिएको अभियान्ता थापाको भनाई छ । त्यसैगरी समाजसेवी दिपक भटराईको
पहलमा जापानका एनआरएनका अध्यक्ष देविलाल भण्डारीको टोलीद्धारा पठाइएको १ लाख ५० हजार रुपैयाँ र जापानमा रहेका पाैँदीवासी युवाहरूकाे सहयाेगमा १० थान अक्सिजन सिलिण्डर सहयाेग गरिएकाे हाे । आगामी दिनमा गाउँपालिकामा आवश्यक स्वास्थ्य सामग्री सहयागे गर्दै जाने भट्टराईले बताए ।