लिपस्टिकबारे केही घटलाग्दा तथ्य

लिपस्टिकबारे केही घटलाग्दा तथ्य

  • मंसिर २२, २०७७ सोमवार
  • १५:०९:३९ बजे
  • 3.2K
    SHARES
  • लिपस्टिकबारे केही घटलाग्दा तथ्य

    लिपस्टिक अर्थात महिलाहरुको सौन्दर्यको एक अभिन्न हिस्सा । ओंठको सौन्दर्य कायम राख्न लिपस्टिकको प्रयोग हुँदै आएको छ ।

    अनुहारको मेकअपमा लिपस्टिक अनिवार्य जस्तै हुनेगर्छ । लिपस्टिकको प्रचलन कसरी सुरु भयो रु कहिलेबाट सुरु भयो रु यावत् कुरा निकै घतलाग्दा छन् । त्यसैगरी लिपस्टिकसँग जोडिएका अन्य कुराहरु पनि निकै रोचक छन् ।

    सुरुका दिनहरुमा यसलाई लिपस्टिक भनिदैनथ्यो । विगतमा विभिन्न प्राकृतिक संसाधनबाट लिपस्टिक तयार गरिन्थ्यो, त्यसमा केही फल, माटो र किराफट्यांग्रा समेत सामेल गरिन्थ्यो ।

    –पहिलो व्यवसायिक लिपस्टिक उत्पादन सन् १८८४ मा फ्रान्समा गरिएको थियो । त्यसबेला रेशमको कागज, दही, मह आदिबाट लिपस्टिक तयार गरिन्थ्यो ।

    –विगतमा सिनेमामा महिलाहरुले कालो रंगको लिपस्टिक लगाउने गर्थे । त्यो श्यामश्ेवत सिनेमाको जमाना थियो । अतः रातो रंगभन्दा कालो रंग लगाउँदा बढि चहकिलो देखिने भएकाले सिनेमामा महिलाहरुले कालो लिपस्टिक लगाउँथे ।

    –एउटा अनौठो तथ्य छ । जो महिला हरेक दिन लिपस्टिक लगाउँछन्, उनले जिन्दगीभरमा करिब दुई किलो लिपस्टिक खान्छन् ।

    –उहिलेको जमानामा महिलाहरु हरेक शेडको लिपस्टिक लगाउँथे । रातो, गुलाबी, कालो र सेतो पनि ।

    –सन् १९६० पछि मड कल्चरको उदयका क्रममा मान्छेहरुले ओंठमा सेतो लिपस्टिक लगाउन सुरु गरे ।

    –कुनै बखत इंल्यान्डमा कस्तोसम्म कानुन थियो भने, कुनैपनि महिलाले विवाहको बेला लिपस्टिक लगाएमा उनका हुनेवाला श्रीमानले त्यही समयमा सम्बन्ध तोड्ने निर्णय लिन सक्नेछन् । अहिले यस्तो कानुन मान्य छैन ।

    –विश्वको सबैभन्दा महंगो लिपस्टिक हो, ग्वर्लेनको विशेष किसिमको सुन र हीराको लिपस्टिक । उक्त लिपस्टिकमा हीरा र सुन पनि मिश्रण गरिएको छ ।

    –दोस्रो विश्वयुद्धका क्रममा विस्टन चर्चिलले कस्मेटिक्समा केवल लिपस्टिकको उत्पादनलाई जारी राखेका थिए । किनकी उनलाई लाग्थ्यो, यसले मनोबल बढाइराख्न सहयोग गर्छ ।

    –रानी एलिजावेथ प्रथमलाई लिपस्टिकप्रति एकदमै मोह थियो । यहाँसम्म कि उनले आफ्नो खराब स्वास्थ्य स्थिती हुँदा वा मृत्युको ठीक अघिल्लो दिन पनि लिपस्टिक लगाएका थिए ।

    –लिपस्टिकको शेड्सको चमक बढाउनका लागि अहिले पनि माछाको छालाको माथिल्लो पत्र प्रयोग गरिन्छ ।

    –भारतको बनारसमा एक व्यक्तिले महिलामाथि हुने हिंसा नियन्त्रण गर्न लिपस्टिक गन बनाए । हेर्दा सामान्य लिपस्टिक जस्तै देखिने उक्त गन महिलाले आफ्नो सुरक्षाका खातिर प्रयोग गर्न सक्छन् । त्यसको ट्रिगर बटन दबाएपछि त्यसले चर्को ध्वनी निकाल्छ ।

    –लिपस्टिकका लागि द्रुत युट्युब सर्चले लगभग  १,१२०,००० परिणामहरु दिन्छ ।

  • सम्बन्धित विषय:

  • # लिपस्टिक

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार