काठमाडाैँ : अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् ।
बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् । पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी
आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।
विद्यार्थीलाई खाजा खुवाउन ८ अर्ब ७३ करोड बिनियोजन
अर्थमन्त्री विष्णु पौडेलले बिद्यार्थी खाजा कार्यक्रमका लागि ८ अर्ब ७३ करोड बिनियोजन गरेको बताएका छन् । पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत
गर्दै यसबारे जानकारी गराएका हुन् । सबै सार्वजनिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि यो रकम छुट्याइएको हो । यो कार्यक्रमबाट बिद्यार्थीहरुले पोषणस्तर सुर्धान विद्यालय छोड्ने प्रवृति अन्त हुने उनको भनाई छ ।
यो कार्यक्रमबाट देशभरका ३५ लाख बिद्यार्थी लाभान्वित हुने पौडेलले बताए ।