अभिनेत्री मनीषा कोइरालाद्वारा चार थान भेन्टिलेटर सहयोग

अभिनेत्री मनीषा कोइरालाद्वारा चार थान भेन्टिलेटर सहयोग

  • जेठ १६, २०७८ आइतवार
  • ०७:२६:१८ बजे
  • 5.6K
    SHARES
  • अभिनेत्री मनीषा कोइरालाद्वारा चार थान भेन्टिलेटर सहयोग

    काठमाडौं : अभिनेत्री मनीषा कोइरालाले वीरगन्जमा रहेको नारायणी प्रादेशिक अस्पतालाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएकी छन् । कोरोना संक्रमितको भिड बढेपछि स्वास्थ्य सामग्रीको अभावले त्यो अवस्थामा कतिपय बिरामीको

    उपचार हुन नसकेको समाचार यसअघि आएका थिए । सोही कुरालाई मध्यनजर राख्दै अभिनेत्री कोइरालाले वीरगन्जको सो अस्पताललाई अक्सिन, भेन्टिलेटरलगायतको सामग्री प्रदान गरेकी छन् । अभिनेत्री कोइरालाले नारायणी अस्पताललाई चार

    थान भेन्टिलेटर प्रदान गरेकी छन् । यस्तै उनले १ सय थान पीपीई, फेस सिल्ड र मास्क पनि प्रदान गरेको अस्पताल प्रशासनले जानकारी गराएको छ ।यस्तो अवस्थामा अभिनेत्री कोइरालाले प्रदान गरेको भेन्टिलेटरले अझ धेरैको ज्यान

    जोगाउन सकिने सो अस्पतालको प्रशासनले बताएको छ । यो सहयोगका लागि अस्पतालका तर्फबाट उनलाई धन्यवाद पनि ज्ञापन गरिएको छ ।दोस्रो चरणको कोरोना संक्रमणले धेरै नेपाली प्रभावित भएको र आफ्नो तर्फबाट पनि केही गर्न सकिन्छ कि भन्ने उद्देश्यले यो सहयोग गरेको अभिनेत्री मनीषा कोइरालाले बताएकी छन् ।

    सम्बन्धित समाचार