वर्षा भन्छिन् –‘नेतालाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट चाहियो’

वर्षा भन्छिन् –‘नेतालाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट चाहियो’

  • जेठ १७, २०७८ सोमवार
  • ११:०६:४२ बजे
  • 9.8K
    SHARES
  • वर्षा भन्छिन् –‘नेतालाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट चाहियो’

    नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि शनिबार सार्वजनिक गरेको बजेटमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । नेपाली चलचित्रका कलाकारहरुले पनि यसलाई मिश्रित प्रतिक्रिया दिइरहेका छन् । विशेषगरि, चलचित्रको नविकरण र इजाजतका लागि छुट दिने निर्णयले निर्मातालाई राहत मिलेको छ ।

    विद्युत डिमाण्ड शुल्क छुट दिने निर्णयले हल संचालकहरुलाई राहत मिलेको छ । यसैविच, नायिका वर्षा सिवाकोटीले भने बजेट सधै नै राम्रो र आनन्द लाग्ने खालको नै आउने प्रतिक्रिया दिएकी छिन् । उनले लेखेकी छिन्–‘बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो । यो पटक झन् राम्रो र कर्णप्रिय लाग्दैछ ।

    तर, भाषण सकिने वित्तिकै एक अर्कालाई सत्तोसराप सुरु हुने निश्चित छ ।’ वर्षाले नेताको दिनहुँको किचलोले भने जनतालाई दिक्क बनाएको धारणा व्यक्त गर्दै अगाडि लेखेकी छिन्–‘यो कुरा वुझाउन नेतालाई पढाउने र वुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने ।’

    वर्षाले बजेट राम्रो आएपनि नेताहरुले एक अर्कालाई गाली गलौज गर्न र झगडा गर्न नछाडेको भन्दै यो बिषयमा वुझाउनका लागि उनीहरुलाई तालिम दिनुपर्ने आशयको धारणा व्यक्त गरेकी छिन् ।

  • सम्बन्धित विषय:

  • # वर्षा सिवाकोटी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार