प्रेम प्रस्ताव अस्विकार गर्दा युवतीद्वारा युवकको मुखमा यस्ताे गरिन्

प्रेम प्रस्ताव अस्विकार गर्दा युवतीद्वारा युवकको मुखमा यस्ताे गरिन्

  • पौष ४, २०७७ शनिवार
  • ०८:५२:११ बजे
  • 4.9K
    SHARES
  • प्रेम प्रस्ताव अस्विकार गर्दा युवतीद्वारा युवकको मुखमा यस्ताे गरिन्

    भारत : उत्तर प्रदेशको बरेलीमा प्रेम प्रस्ताव अस्वीकार भएपछि एउटी केटीले आफ्नै सहपाठीलाई आक्रमण गरी घाइते बनाएकी छिन् ।

    रिपोर्टका अनुसार बरेलीको हाफिजगंज पुलिस सर्कल अन्तर्गत इन्टर कलेजका विद्यार्थीले अध्ययन गर्दै युवकलाई युवतीद्वारा अनुहारको ब्लेडले हमला गरेकी छिन् । युवतीको प्रेमलाई अस्विकार गरेको भन्दै युवतीले ब्लेडले हमला गरेकी हुन् ।

    भारतको बरेलीमा भएको एउटा घटनाले यतिबेला हंगामा मच्चाएको छ ।

    युवतीले विवाहको प्रस्ताव राखे पनि युवकले अस्वीकार गरेपछि उनले यस्तो गरको बताएकी छन् । अझै धेरै पढ्न बाँकी रहेको भन्दै युवकले युवतीको प्रस्तावलाई अस्वीकार गरेका थिए ।

    ति युवती उक्त युवकसँग एकोहोरो प्रेममा परेकी थिइन् । युवकलाई जति भन्दा पनि नमानेको भन्दै उनले युवकसँग बदला लिनका लागि ब्लेडले प्रहार गरेको बताएकी छन् ।

    प्रहरीका अनुसार युवतीले कलेज जाने बाटोमा युवकलाई बोलाएर ब्लेडले युवकमाथि हमला गरेकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार युवतीले ब्लेडले प्रहार गरेर युवकको अनुहार बिगार्ने मनशाय रहेको बताएका छन् ।

    ति युवतीका अनुसार अनुहारमा घाउ बनाइदिएपछि अन्य महिलाहरुले युवकसँग विवाह गर्न चाहदैनन् र आफैसँग विवाह हुने सोचाईले यस्तो गरेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # प्रेम प्रस्ताव

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार