युवाहरुले दिए ढोरपाटन–४ का दुई स्वास्थ्य संस्थालाई ३ लाखको स्वास्थ्य सामग्री 

युवाहरुले दिए ढोरपाटन–४ का दुई स्वास्थ्य संस्थालाई ३ लाखको स्वास्थ्य सामग्री 

  • जेठ २०, २०७८ बिहिवार
  • १०:४१:५३ बजे
  • 5.7K
    SHARES
  • युवाहरुले दिए ढोरपाटन–४ का दुई स्वास्थ्य संस्थालाई ३ लाखको स्वास्थ्य सामग्री 

    बुर्तिबाङ : ढोरपाटन नगरपालिका वडा नम्बर ४ मा रहेको खुङ्खा स्वास्थ्य चौकी र धिरी स्वास्थ्य चौकीमा युवाहरुले ३ लाख रुपैयाँ मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्त्रण गरेका छन् । कोरोना रोकथामका लागि स्वास्थ्यकर्मीलाई काम गर्न सहज होस र बिरामीले सहज स्वास्थ्य सेवा पाउन भन्ने उदेश्यले युवाहरुको सक्रियतामा

    संकलन भएको रकमबाट विभिन्न प्रकारका स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको स्थानीय गणेश गौतमले बताए ।  ढोरपाटन नगरपालिका वडा नम्बर ४ घर भई विभिन्न क्षेत्रमा रहेका ३५ जना सामाजिक युवाद्वारा पठाइएको रकमबाट चार थान अक्सिजन, ६ हजार पाँच सय पिस माक्स, सेनिटाईजर १५ लिटर, पिपिई सेट १४ सेट, फेश साईड १६ पिस, थर्मामिटर ४ वटा, टेवल २ वटा,

    वेड २ वटा, कुर्सि ७ वटा, अक्सीमिटर ७ वटा, थर्मल गन २ वटा गरी ११ प्रकारका स्वास्थ्य सामग्री दुई वटा स्वास्थ्य संस्थालाई हस्तान्त्रण गरेको स्थानिय केशर के.सी (मिलन)ले बताए । सामाजिक अभियान्ता कुलबहादुर राना, गणेश गौतम, नारायण राना, मिलन के.सी, विरेन्द्र बुढाथोकी, कृष्ण पुन, दिपक घर्ति, जिवन गैरे, पदम पुनलगाएत युवाहरुको सक्रियतामा आर्थिक

    संकलन र स्वास्थ्य सामग्री व्यवस्थापन गरेर स्वास्थ्य संस्थालाई हस्तान्त्रण गरिएको जनाइएको छ । स्वास्थ्य संस्थामा डा चन्द्र विश्वकर्मा र ढोरपाटन नगरपालिका ४ का वडा सदस्य ललित सिर्पालीको उपस्थितीमा हस्तान्त्रण गरीएको थियो । यो विषम महामारीको समयमा आर्थिक सहयोग गर्ने सहयोगि दाताहरुलाई अभियान्ताहरुले हार्दिक धन्यबाद समेत ज्ञापन गरेका छन । 


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार