वडा अध्यक्ष भण्डारी स्वास्थ्यकर्मीसहित संक्रमतिको घर–घरमा

वडा अध्यक्ष भण्डारी स्वास्थ्यकर्मीसहित संक्रमतिको घर–घरमा

  • जेठ २१, २०७८ शुक्रवार
  • १७:०३:५९ बजे
  • 3.3K
    SHARES
  • वडा अध्यक्ष भण्डारी स्वास्थ्यकर्मीसहित संक्रमतिको घर–घरमा

    गलकोट : गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष विरजङ भण्डारी नेतृत्वको टोलि वडा भित्र रहेका कोरोना संक्रमितको स्वास्थ्य अवस्था बुझ्न घर–घरमा पुगेका छन् । वडा सदस्य झर बहादुर खत्री, स्वास्थ्यकर्मी सिर्जना लिम्बु लगायतको टोलि औसधिसहित संक्रमितको घर पुगेको हो ।

    वडा भित्र रहेका बिरामीहरुको घर–घरमा गएर बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्ने, होम आइशोलेसनमा बस्ता के गर्ने लगायतका विषयमा परामर्श समेत दिएको अध्यक्ष भण्डारीको भनाई छ । उनले ज्वोरो, अक्सिजनका लेवल समय समयमा जाँचि रहने र स्वास्थ्यमा जटिल समस्या देखियका बिरामी तत्काल अस्पताल पुग्न आग्रह गरेको बताए । 

    हाल गलकोट नगरपालिका वडा नम्बर ३ भित्र २५ जना सक्रिय सन्क्रमित रहेको अध्यक्ष भण्डारीको भनाई छ । उनीहरु मध्ये कसैलाई पनि स्वास्थ्यमा समस्या नदेखिएको बताइएको छ । स्वास्थ्यमा समस्या आए स्वास्थ्य संस्था वा जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेको  वडा  सदस्य झर बहादुर खत्रीले बताए ।


    ईश्वर सुवेदी

    उहाँ बागलुङ पाेस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार