दोहोरो नागरिकता प्रकरणका ३ आरोपी धरौटीमा रिहा

दोहोरो नागरिकता प्रकरणका ३ आरोपी धरौटीमा रिहा

  • पौष ४, २०७७ शनिवार
  • १०:३१:२६ बजे
  • 5.2K
    SHARES
  • दोहोरो नागरिकता प्रकरणका ३ आरोपी धरौटीमा रिहा

    बागलुङ : दोहोरो नागरिकता प्रकरणमा मुछिएकाहरुलाई धरौटीमा रिहा भएका छन् ।

    जिल्ला अदालत बागलुङले शुक्रबार उनीहरुलाई धरौटीमा रिहा गरेको हो । झुटो विवरण पेश गरेर दुई नागरिकता लिएको आरोपमा बागलुङ नगरपालिका—६ का पंकज सापकोटा पक्राउ परेपछि त्यसमा संलग्नहरु विरुद्ध मुद्दा परेको थियो ।

    सापकोटाले बागलुङ नगरपालिका—४ बाट इश्वर आचार्य नामबाट कागजपत्र पेश गरेर दोहोरो नागरिकता लिएको भेटिएको थियो ।  यो प्रकरण सार्वजनिक भएपछि प्रहरीले यसमा संलग्नलाई प्रक्राउ गरेको थियो ।

    पंकजको बयानको आधारमा तत्कालिन बानपा—४ का वडा सचिव प्रेमबहादुर खड्का र सनाखत गर्ने सन्तोष आचार्यलाई पक्राउ गरेको थियो ।

    विद्यालयको प्रमाणपत्र प्रदान गर्ने शिक्षक र वडाध्यक्ष ध्रुवबहादुर केसी विरुद्ध पनि जिल्ला अदालत बागलुङले पक्राउ पुर्जी जारी गरे पनि उनीहरु अझैसम्म फरार रहेका छन् ।

    जिल्ला अदालत बागलुङले शुक्रबार सुनुवाई गरेपछि तीन जनालाई धरौटीमा छोडेको हो । दोहोरो नागरिकता लिने पंकजलाई १ लाख १० हजार र नाता प्रमाणित गर्ने सन्तोषलाई ३० हजार धरौटीमा रिहा गरिएको छ । 

    वडा सचिव प्रेमबहादुरलाई तारिखमा रिहा गरिएको छ । यस प्रकरणमा नागरिकता दिने तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी धु्रब गिरी, प्रशासकीय अधिकृत कृष्णराज गौतम र

    नागरिकताको फाँटवाला नासु विष्णुप्रसाद शर्मा विरुद्धप नि मुद्दा परेको छ । उनीहरुलाई झुटो विवरण पेश गरेको कागजात राम्रोसंग अध्ययन नगरेको आरोप छ । 

     

  • सम्बन्धित विषय:

  • # दोहोरो-नागरिकता
  • # धरौटीमा रिहा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार