प्रहरी निरीक्षक शर्मा किन परे प्रहरीकै फन्दामा, उनीमाथि यस्ताे छ गम्भीर आरोप !

प्रहरी निरीक्षक शर्मा किन परे प्रहरीकै फन्दामा, उनीमाथि यस्ताे छ गम्भीर आरोप !

  • पौष ४, २०७७ शनिवार
  • ११:०१:०२ बजे
  • 8.1K
    SHARES
  • प्रहरी निरीक्षक शर्मा किन परे प्रहरीकै फन्दामा, उनीमाथि यस्ताे छ गम्भीर आरोप !

    काठमाडाैँ : प्रहरी निरीक्षक ध्रुव शर्मा पक्राउ परेका छन् । पत्नीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा वडा प्रहरी कार्यालय, बैदाम पोखरामा कार्यरत शर्मालाई जिल्ला प्रहरी कार्यालय, पर्वतले पक्राउ गरकेो हो ।

    जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा छँदा सोही स्थानकी युवतीसँग प्रेम विवाह गरेका शर्माले विवाह गरेको केही दिनपछि पर्वतकै एक स्वास्थ्य क्लिनिकमा गर्भपतन गराएको खुलासा भएको छ । 

    प्रेम सम्बन्धमै छँदा विवाहको प्रलोभन देखाएर शारीरिक सम्पर्कपछि गर्भ रहेको र विवाहपछि जबर्जस्ती गर्भपतन गराएको आरोपमा पीडित युवतीले जिल्ला प्रहरी कार्यालय,

    म्याग्दीमा न्याय माग्दै उजुरी दिएकी थिइन् । घटनास्थल कुस्मा बजार भएकाले छानबिनका लागि जिल्ला प्रहरी कार्यालय, पर्वतमा स्थानान्तरण भएको थियो ।

    प्रहरीका अनुसार शर्मामाथि अनुसन्धानका लागि पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको छ । पीडित युवती र प्रहरी निरीक्षक ध्रुव शर्माबीच प्रेममा रहेकै समयमा सम्बन्धमा खटपट आएको थियो ।

    युवती गर्भवती भइसकेपछि शर्माले अर्कै युवतीसँग विवाहको तयारी गरेका थिए । उनी जिल्ला निर्वाचन कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा काम गर्थिन् ।

    प्रशासनमा बसेर मतदाता नामावली दर्ता गर्ने र प्रशासनमा आउजाउ गरिरहने ध्रुबबीच आठ महिनाअघि भएको चिनजान प्रेम, शारीरिक सम्पर्क हुँदै विवाहसम्म पुगेको ती युवतीको दावी छ ।

    गत चैत महिनामा ध्रुवको पोखरामा एक युवतीसँगै विवाहका लागि टिकाटालो भइसकेको थियो । टिकाटालोको तस्बीर सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो ।

    टिकाटालोको तस्बीर सार्वजनिक भएपछि ति युवतीले जिल्ला प्रहरी प्रमुख र आफन्तहरुलाई ध्रुबसँगको सम्बन्धको बारेमा जानकारी गराएकी थिइनन् ।

    टिकाटालो भइसकेको विवाह रद्द भयो । युवती र ध्रुबले गत असारमा बेनीकै मन्दिरमा विवाह गरेको तस्बीर समेत सार्वजनिक गरेका थिए ।

    विवाह गरेपछि शर्मा दम्पत्ती बेनीमै कोठा भाडा लिएर बस्दै आएका थिए । विवाह बन्धनमा बाँधिए पनि उनीहरुको सम्बन्ध सुमधुर हुन सकेन् ।

    बेलाबेलामा खटपट भइरहन्थ्यो । सँगै बसेपनि, सामाजिक सञ्जालमा विभिन्न ठाउँ घुम्न गएको तस्बिर राख्ने गरेका थिए ।

    प्रेमका नाटक गरेरयुवतीसँग स्वार्थको सम्बन्ध राखेका इन्सपेक्टर शर्माका लागि यो सम्बन्ध निकै महंगो परेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रहरी निरीक्षक
  • # ध्रुव शर्मा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार