विपद्

बाढीले बडिगाडका आठ परिवार विस्थापित

बाढीले बडिगाडका आठ परिवार विस्थापित

  • जेठ २७, २०७८ बिहिवार
  • १७:१९:३८ बजे
  • 11.3K
    SHARES
  • बाढीले बडिगाडका आठ परिवार विस्थापित

    बागलुङ : वर्षाका कारण घरमाथिदेखि भलसहितको बाढी आउँदा बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ टुनिबोटका आठ घर परिवार बिस्थापित भएका छन् । बुधबार राति अपरेको अविरल वर्षाका कारण घरमाथि देखि आएको भलसहितको बाढीले आठ घर उच्च जोखिममा परेको वडा अध्यक्ष कृष्ण गुरुङले जनाकारी दिए । 

    बाढीले स्थानीय मन बहादुर दमाई, नर बहादुर दमाई, खिम बहादुर दमाई, नवीन दमाई, गम्मर सिङ गुरुङ, भुपाल गुरुङ, शेर बहादुर रोका र नर बहादुर गुरुङको घरमा क्षति पु¥याएको अध्यक्ष गुरुङले जानकारी दिए । घरमाथिदेखि आएको बाढीले घरमा बस्नै नमिल्ने गरि क्षति पु¥याएपछि उनीह घर छोडेर आफन्त तथा गाउँलेको आश्रय लिन पुगेका छन् ।

    No photo description available.

    चार घर परिवार आफन्तकोमा आश्रय लिएको र चार घर परिवारलाई गाउँका खाली घर तथा गोठमा वस्थापन गरिएको वडा अध्यक्ष गुरुङको भनाई छ । मन बहादुर दमाई, नर बहादुर दमाई, खिम बहादुर दमाई र नवीन दमाईलाई गाउँकको खाली गोठ तथा घरमा राखिएको र गम्मर सिङ गुरुङ, भुपाल गुरुङ, शेर बहादुर रोका र नर बहादुर गुरुङ

    आफन्तकोमा आश्रय लिएको उनले बताए । मन बहादुर दमाई, नर बहादुर दमाई, खिम बहादुर दमाई र नवीन दमाई सुकुम्बासी भएको हुँदा उनीहरुको अन्य कुनै जग्गा सम्पत्ति नभएको गुरुङले बताए । भलसहितको बाढीले खानेपानी पाईप, धारा, शौचालयमा क्षति पु¥याउनुको उनले जानकारी दिए । पहिरोले भिमगिठे रणसिङकिटेनी

    May be an image of outdoors and tree

    मोटरबाटो समेत पूर्णरूपमा अवरुद्ध भएको छ । ‘चार दलित परिवारलाई गाउँका खाली गोठ तथा घरमा व्यवस्थापन गरेका छौँ, उनीहरुको अन्य सम्पत्तिहरु केही छैन, सुकुम्बासी हुन् भने अन्य आफन्तकोमा बस्नु भएको छ, उहाँहरुको व्यवस्थापनको लागि हामीले पालिकामा पनि खबर गरेका छौँ,’ अध्यक्ष गुरुङले बागलुङ पोस्टसँग भने ‘उनीहरुको तत्काल

    व्यवस्थापनका लागि हामीले केही सहयो गरिहाल्ने छौँ ।’  केही समय अगाडी भित्रेनी गोथान मोटरबाटो उपभोक्त समितिले लापरवाही रुपमा सडक निर्माण गर्दा अहिले यो समस्या आई परेको अध्यक्ष गुरुङले बागलुङ पोस्टलाई बताए । उनले उपभोक्त समितिलाई पनि राखेर तत्तकाल तटबन्ध गरि बस्ती सुरक्षाको लागि छलफल गरि सहमति भएको बताए ।

    May be an image of standing, outdoors and tree

  • सम्बन्धित विषय:

  • # विस्थिापित
  • # बाढी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार