कुवेर ट्रस्टको सहयोगमा पश्चिम बागलुङका ४८ हजार नागरिकलाई स्वास्थ्य सामगी वितरण गर्दै कांग्रेस

कुवेर ट्रस्टको सहयोगमा पश्चिम बागलुङका ४८ हजार नागरिकलाई स्वास्थ्य सामगी वितरण गर्दै कांग्रेस

  • जेठ ३०, २०७८ आइतवार
  • १५:१८:२९ बजे
  • 7.8K
    SHARES
  • कुवेर ट्रस्टको सहयोगमा पश्चिम बागलुङका ४८ हजार नागरिकलाई स्वास्थ्य सामगी वितरण गर्दै कांग्रेस

    बुर्तिबाङ : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौको कुवेर ट्रस्टको आर्थिक सहयोग र नेपाली काँग्रेस क्षेत्र नम्बर २ को सक्रियतामा बागलुङ पश्चिम बागलुङको ४८ वटै वडामा स्वास्थ्य सामग्री वितरण गरिने भएको छ । 

    संक्रमण रोकथामका लागि कुवेर ट्रस्टका अध्यक्ष युवा उद्यमी निरज राउतले कुवेर राउतको स्मृतिमा ६ लाख मुल्य रुपैयाँ बराबरको ४८ हजार थान माक्स, २ सय पिस अक्सोमिटर, ५ सय लिटर सेनिटाईज लगाएतका स्वास्थ्य सामग्री उपलब्ध गराएको नेपाली

    No description available.

    काँग्रेस क्षेत्रीय सभापती दोर्णकुमार कुवँरले बताए । मानवीय सेवामा निरन्तर सहयोग गर्दै आइरहेको उक्त संस्थाले आफुहरुको आग्रहलाई स्वीकार गरि ४८ वटै वडाका ४८ हजार नागरिकका लागि एक व्याक्ति एक माक्स, सेनिटाईजरसहित अन्य

    सामग्री वितरण गर्ने कुँवरले बताए । स्वास्थ्य सामग्री वितरणसँगै ४८ वटै वटामा पुगेर सचेतना मुकल कार्यक्रम गर्ने कांग्रेसले जनाएको छ । ४८ वडाका स्वास्थ्य संस्थामा अक्सोमिटर उपलब्ध गराउने तयारी रहेको सभापति कुँवरले जानकारी दिए ।


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार